Amargadhi Post

प्रतिनिधी सभाका उम्मेद्वार स्नेही संगको अन्र्तसंम्बाद कार्यक्रम गर्दे डडेल्धुरा प्रेश चौतारीले मनायो २८ औं स्थापना दिवस

अमरगढी पोष्ट समाचार
डडेल्धुरा माघ २२ गते । प्रेश चौतारी नेपालको २८ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि डडेल्धुराले मनाएको छ ।
प्रेश चौतारी नेपाल डडेल्धुराले स्थापनाको अबसर पारेर प्रतिनिधी सभाका उम्मेदवार तथा पुर्ब राष्ट्रिय सभाका सदश्य चक्रप्रशाद स्नेही संगको अन्र्तसम्बाद तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रेश चौतारीका जिल्ला अध्यक्ष लक्ष्मी ऐरको अध्यक्षतामा भएको उक्त अन्र्तसम्बाद कार्यक्रममा प्रतिनिधी सभाका उम्मेदवार स्नेहीले जिल्लाका समसामयिक बिषयलाई समेटेर चुनाबी ऐजण्डा सहित प्रतिबद्धता ब्यक्त गरेका छन ।
जिल्लाको समग्र बिकास,शुसासन र जनताले भोगीरहेका समस्याहरुलाई समाधान गर्ने गरि आफ्नो चुनाबी ऐजेण्डा र चुनाबी प्रतिबद्धता समेत उम्मेदवार स्नेहीले प्रस्तुत गरेका थिए । शिक्षा,स्वास्थ र बेरोजगारी न्युनिकरण गर्दे यु्बाहरुका लागी रोजगारी सिर्जना गर्ने र देशको लोकतान्त्रिक ब्यबस्थाको रक्षा गर्नका लागी आफ्नो उम्मेदवारी रहेको बताउनुहुदै उहाँले देश जलाउने र देश निर्माण गर्ने शक्तिहरुका बिचको चुनाबी प्रतिष्पर्धालाई जनताले राम्रो संग बुझेर निर्णय लिने बिश्वास ब्यक्त गर्नुभयो ।


पाँच बर्षका लागी निर्बाचित प्रतिनिधी सभालाई बिगठन गरेर दुई बर्ष अगाढी नै निर्बाचनमा जानुपर्ने अबस्था सिर्जना हुनु निकै दुखद बिषय भएको टिप्पणी गर्दे उहाँले जेनजीले उठाएका मागहरुलाई हाईज्याक गरेर देश जलाएर हिसां मच्चाउने शक्तिहरुलाई जनताले निर्बाचनको परिणामबाट तिरष्कृत गर्ने बिश्वास रहेको बताउनुभयो ।
संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुदै प्रतिनिधी सभाका उम्मेदवार स्नेहीले देश बनाउने अठोट र योजना लिएर आउने उम्मेदवारलाई जनताले भोट दिएर संसद पठाउनेमा आफु ढुक्क रहेको प्रतिकृया दिनुभयो । राष्ट्रिय सभाको चार बर्षको जिम्मेवारीबाट फर्किएका स्नेहीले सहकारीका नाममा डडेल्धुरामा ठगिएका सहकारीका बचतकर्ताहरुको पक्षमा आफ्नो भुमिका शशक्त बनाउने भन्दै पिडितहरुलाई तत्काल न्याय दिन सरकारलाई जोडदार माग गर्नुभयो । डडेल्धुराको शिबशिखर सहकारीबाट पिडित बचतकर्ता र राज्यकै निकायबाट सडक फराकिलो बनाउने नाममा आएको मुआब्जामा बिभेद गरिएको गुनासो आएकाले यसको समाधानका लागी आफ्नो नेतृत्दायी पहल रहनेमा प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
राजयका निकाय र जनप्रतिनिधीहरु ज्नताको पक्षमा काम गर्न नसक्दा यस्ता समस्याहरु जनताले भोगीरहेका छन यसको समाधान गर्ने र जनताको पक्षमा रहेर काम गर्ने आफ्नो दृढइच्छा रहेको समेत स्नेहीले दाबी गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदश्य एबम पुर्ब मन्त्री पठानसिह बोहराले संचार क्षेत्रको अगुवाई संस्थाको स्थापना दिवशको शुभकामना दिनुहुदै आगामी निर्बाचनमा पार्टीले उठाएका उम्मेदवार स्नेही अनुभबी र समाजप्रतिको जवाफदेही र निशंकलक ब्यक्तिको उम्मेदवारीले बिजयको सम्मुखमा रहेको बताउनुभयो । डडेल्धुरा जिल्लामा आफु प्रदेशको भौतिक पुर्बाधार मन्त्रीको जिम्मेवारीमा रहँदा महत्वपुर्ण गौरबका आयोजनाहरु संचालनमा ल्याएपनि पछिल्ला समयमा यसको निरन्तरता हुन नसक्दा जिल्लाबासीले समस्या झेल्नु परिरहेको उहाँको भनाई थियो । प्रतिनिधी सभाको निर्बाचन बिशिष्ट परिस्थतीमा हुदैछ देश जोगाउने की देशमा उत्पात मच्याउदै बिदेशीको पाउमा चढाउने गम्भिर सडयन्त्र भईरहेको छ जनतालाई राम्रो संग बझुाउन समाजका हरेक बौद्धिक तत्काले पनि सुचना प्रबाह गर्नु आबश्यक रहेको पुर्ब मन्त्री बोहराको भनाई थियो ।


कार्यक्रममा सबिधान सभा सदश्य एबम महिला नेत्री ज्ञानु गैरे,नेकपा एमाले जिल्ला अध्यक्ष गजेन्द्र शाही एमाले प्रदेश कमिटि सदश्य करन ताम्राकार,पत्रकार महासंघका सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष एबम प्रेश चौतारीका डडेल्धुरा संस्थापक मानबहादुर साँउद,पत्रकार महासंघका पुर्ब केन्द्रीय सदश्य उत्तर बिष्ट,पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिह,पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष बरुण पनेरु प्रेश चौतारीका पुर्ब केन्द्रीय सदश्य शिबराज ढुगाना लगायतले प्रेश चौतारी नेपालको स्थापना दिवसमा शुभकामना मनतब्य दिदै निर्बाचनलाई भयरहित बाताबरण स्व्च्छ र पारदर्शिता ढंगबाट सम्पन्न गर्नुपर्ने जोड दिएका थिए । लोकतन्त्र पश्चात पनि प्रेश माथीका आक्रमण र घटनाहरु नरोकिएका भन्दै अधिकाँस पत्रकारहरुले लोकतन्त्रको अझै संस्थागत बिकास हुन नसकेको र बिधी पद्धती र कानुनी शासनको प्रत्याभुत हुन नसकेको प्रति चिन्ता ब्यक्त गरेका छन । अन्र्तसम्बाद कार्यक्रमको सहजीकरण प्रेश चौतारी नेपालका जिल्ला सचिब ममता भट्टलृे गर्नुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।