Amargadhi Post

बस दुर्घटनाका घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार हुदैं

लक्ष्मी ऐर 
डडेल्धुरा माघ २३ गते । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको भने झण्डै ४५ जना घाईते भएका छन ।
घाईतेहरुको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीवार अपराह्न ७ः३० मा दुर्घटनामा परेको थियो । जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।


दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याईएको छ । उनीहरुको उपचार भईरहेको सबैजना खतरामुक्त रहेको डडेल्धुरा अस्पतालका मेसु सुधा देबकोटाले बताउनुभयो ।
दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन ।


घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना तथा डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पाँच जना गम्भीर घाइतेलाई डडेल्धुरा अस्पतालबाट समेत धनगढी रिफर गरिएको छ भने २५ जनाको डडेल्धुरामा उपचार भइरहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।