Amargadhi Post

सरकारी वकिलको कार्यालयले महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै
काठमाडौँ — जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले केही बेरमै निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने भएको छ । सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा मुद्दाको तयारी गरिरहेको छ ।सरकारी वकिलको कार्यालयका अनुसार, बिहीबार अपरान्हसम्ममा महराविरुद्ध मुद्दा दर्ता हुनेछ। तर कुन अभियोग र के मागदाबी हुनेछ भन्नेबारे सरकारी वकिलको कार्यालयले खुलाएको छैन।

बिहीबार मुद्दा दर्तापछि समय बाँकी नरहने भएकाले शुक्रबारदेखि महरामाथि थुनछेकको बहस हुनेछ। अनि उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने, धरौटी वा साधारण तारिखमा छाड्ने भन्ने अदालतले तय गर्नेछ।

यसअघि तिहार बिदा सुरु हुनुभन्दा अघिल्लो दिन प्रहरीले महरामाथि दुई अभियोगमा मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाएको थियो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।