Amargadhi Post

हिन्दु राष्ट्र बिना देश बचाउन सकिदैन ः राप्रपा उम्मेदवार खडायत

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन १ गते । फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्बाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट डडेल्धुराका उम्मेदवार गोबिन्द खडायतले हिन्दु राष्ट्र बिना देश बचाउन नसकिने बताउनु भएको छ ।
बहुसंख्यक जनताको भाबना बिपरित हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर देशलाई बिदेशीको पाउमा चढाउने गम्भिर सडयन्त्र भईरहेको भन्दै हिन्दु राष्ट्रको पक्षमा मतदान गर्न जिल्लाबासीलाई खडायतले आग्रह गर्नुभयो ।
मुलुक असफल बाटो तर्फ उन्मुख भईरहेको भन्दै लोकतन्त्रका नाममा धर्म बेच्ने काम भएको छ बिदेशीहरुलाई नेपालको भुमीमा परेड खेलाउने काम भईरहेको भन्दै एमसिसी परियोजना,बिआरआई सम्झौता भित्रयाएर देश द्धन्द्धमा फसाउने सडयन्त्र भएको खडायतको दाबी छ । लोकतन्त्रका नाममा अराजकता कु्शासन र भ्रष्टाचार मौलायो सिहदरबारको भ्रष्टाचार गाँउ गाँउ सम्म पुग्यो देश असफलताको बाटोमा हिडीरहेको छ यसलाई रोक्नका लागी सफल र सक्षम उम्मेदवारलाई मतदान गर्नु आजको अपरिहार्य भएको उहाँले बताउनुभयो ।
चुनाबी अभियानलाई तिब्र बनाउदै जिल्ला दौडाहमा रहेका खडायतले गाँउ बस्तीका जनताहरु संग मत माग्दै देश जोगाउने शक्ति र उम्मेदवारलाई रोज्ने की देशलाई बिदेशीको पाँउमा चढाउनेहरुलाई रोज्ने यसको फैसला गर्ने अधिकार जनतासंग सुरक्षित छ । डडेल्धुराका सातवटै पालिकाहरुमा घरदैलो अभियान गरिरहनु भएका समाजिक अभियान्ता एबम राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य खडायतले राजसंस्था स्थापना गर्नुपर्ने र संघियता खारेज गरेर बिकेन्द्रीकृत शासन प्रणाली उपयुक्त हुने बताउनुभयो ।
संघियताले देश धान्न गाहो छ जही तही भ्रष्टाचार हुदै गएर देश खोक्रो भईरहेको छ असफलको बाटोमा हिडीरहेको छ यसलाई बचाउन र रोक्नका लागी जनताहरु सत्य र निष्पक्षताको बाटोमा आउन जरुरी रहेको खडायतको भनाई थियो ।
अहिलेको राजनैतिक अबस्था र जेनजी बिद्धोहपछिको अबस्थाका बिषयमा जनतालाई जागरुक गराएर मतदान गर्न आह्वान गर्नुहुदै खडायतले डडेल्धुराको समग्र बिकास र समृद्धीका लागी आफुसंग योजना र भिजन रहेको दाबी गर्नुभयो । नेपाली काँग्रेसका संस्थापक तथा डडेल्धुराका पुर्ब सभापति रामचन्द्र चटौतले काँग्रेस परित्याग गरेर राप्रपा प्रबेश गर्दे डडेल्धुराबाट समानुपातिक उम्मेदवार बनेका छन । पछिल्लो समय राप्रपाले उठाउदै आएका राजर्नैतिक मुद्धाका कारण जनतामा राप्रपा प्रतिको मोह जाग्नुले जनमत आफ्नो पक्षमा रहेको बताउनुहुदै खडायतले भने — परिबर्तनको पक्षमा मतदाता रहेकाले आफ्नो बिजयी निश्चित रहेको बताउनुहुन्छ । प्रतिनिधी सभाका लागी डडेल्धुराबाट १३ जनाले उम्मेदवारी दिएका छन । काग्रेसबाट नैनसिह महर एमालेबाट चक्रप्रशाद स्नेही नेपाली कम्युनिष्ट पार्टीबाट मानसिह माल,रास्वपाबाट तारा जोशी,स्वतन्त्रबाट र्गाैरब ऐर लगायतका उम्मेदवार रहेका छन ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।