लक्ष्मी ऐर
डडेल्धुरा फागुन ९ गते। डडेल्धुराको भागेश्वर गाउपालिकामा नेकपा पार्टि परित्याग गरी ५ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन।
प्रवेश गर्नहरुमा दान सिह भाट, टेक बहादुर, थापा भुवन थापा लगायतका पाच जना नेताकार्यकर्ता रहेका छन ।
नेकपा एमालेको चुनाबि अभियानका क्रममा पार्टिर्का केन्द्रीय सदस्य पठानसिह बोहरा नेकपा एमालेका नेता तथा पुर्व जिबिस सभापति गजेन्द्र शाहि प्रतिनिधि सभा उम्मेद्वार चक्रप्रसाद स्नेहिले खादा टिका लगाएर उहाँ हरुलाई पार्टिमा स्वागत गरेको नेकपा एमाले डडेल्धुरा प्रचार तथा प्रकाशन बिभाग प्रमुख सुन्दर जैरुले बताउनु भयो । राष्ट्र र राष्ट्रियताको लागी नेकपा एमाले नै अगाडि सरेको र देशमा स्थिर शान्ति कायम गर्न एमालेलेनै सक्ने विश्वास भएकोले नेपाल कम्युनिष्ट पार्टि परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको उहाहरुको भनाइ थियो ।
पार्टी प्रवेशर्का क्रममा नेकपा एमालेका विभिन्न कमिटि पार्टिका सँगठनहरु जनताको घर दैलोमा गैरहेको र जनताले नेकपा एमाले प्रति आसा भरोसा रहेको केन्द्रिय सदस्य बोहराले बताउन भयो ।् यसले पार्टि थप सुदृढ बनेको जिकिर गदै संगठनात्मक शक्ति बढ्नुका साथै जनआधार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाले व्यक्त गर्न भयो ।
