Amargadhi Post

प्रहरी प्रशासनको आडमा अनसनरथ डा.केसीलाई काठमाण्डौं लैजाने अभियान असफल

डा.केसीको समर्थनमा डडेल्धुरामा दिनहु प्रर्दशन

मानबहादुर साँउद
अमरगढी,कात्तिक २५ गते । डडेल्धुरा सदरमुकामबाट १७ औं पटकको सत्याग्रह थालेका चिकित्सा शिक्षा क्षेत्रका अभियान्ता प्रा.डा.गोविन्द केसीको इच्छा बिपरित स्थानिय प्रशासनले सुरक्षाको आडमा काठमाण्डौं लैजाने अभियानलाई आन्दोलनकारीहरुले बिफल तुल्याएका छन ।
डा.केसीको स्वास्थ्य अबस्था बिग्रीदै गएको भन्दै स्थानिय प्रशासनले सेनाको ब्यारेकमा हेलीकोप्टर राखेर अनसनरथ डा.केसीलाई काठमाण्डौं लैजाने अभियानलाई आन्दोलनरथ पक्षहरुले असफल तुल्याएपछि हेलीकोप्टर फिर्ता भएको छ ।
अस्पतालका निमित्त मेसु डा.जितेन्द्र कडेलले डा.केसीको उपचार हाम्रो अस्पतालको सामर्थता भन्दा बाहिर रहेकाले सुबिधा सम्पन्न अस्पताल लैजानुपर्ने अबस्था रहेको बताए ।

डा.केसीले थालेको सत्याग्रह अनसनमा डडेल्धुराका नागरिक संघ संस्थाहरुको एक्येबद्धता सहित दिनहु प्रर्दशन भएपछि डडेल्धुराको अबस्था दिनप्रतिदिन तनाबग्रस्त बनीरहेको छ ।
डा.केसीको मुटु,प्रेशर,सुगर बढीरहेको र अबस्था निकै क्रिटीकल भएकाले रिफर गर्नु अतिआबश्यक रहेको डा.कँडेलको भनाई रहेको छ । आन्दोलन र अनसनका मागहरु जायज भएपनि जिबन रक्षा गर्नु हाम्रो पहिलो दायित्व भएको भन्दै उहाँले आफुहरुसंग आईसियु,अत्याधुनिक उपचार उपकरण नभएको स्पष्ट पार्नुभएको छ । डडेल्धुरा अस्पतालको स्तरउन्नती सहित दरबन्दी अनुसारका कर्मचारी पुर्तिगर्नुपर्ने,मेडिकल कलेज स्थापना सहित ७ बुद्धे माग राख्दै अनसनमा बसेका डा.केसीको आज आठौं दिन हुदाँ समेत सरकारी तवरबाट सुनुवाई नभएको भन्दै स्थानियहरु नागरिकहरु आक्रोशित भईरहेका छन । उता प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले डा.केसीको जिबन रक्षाका लागी काठमाण्डौ रिफर गर्नुपर्ने अबस्था सिर्जना भएको जिकिर गर्नुहुदै आन्दोलनरथ पक्षलाई डा.केसी रिजाउन आग्रह गरेका छन ।

डा.केसीलाई लैजान सेनाको हेलीकोप्टर डडेल्धुराको दह ब्यारेकमा बिहानै देखि अबतरण भएको थियो नत डा.केसीले जान मानेका छन नत आन्दोलनरथ पक्षले उहाँलाई जाने बाताबरण सिर्जना गरिदिएका छन प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो— स्वास्थ्य अबस्था बिग्रीदै गएका कारण उनको जिबन रक्षाका लागी पहल गर्नु पहिलो कर्तब्य हो ।
आजै जिल्ला स्थित राजनैतिकदल,नागरिक संघ संस्थाहरुसंग प्रमुख जिल्ला अधिकारी पौडेलले छलफल गरेका थिए । आन्दोलनरत पक्ष र डा.केसीसंग समन्वय र सहकार्य गरिरहेकाले छिट्टै निकास खोज्न पहल भईरहेको प्रजिअ पौडेलको भनाई रहेको छ ।
सर्बदलिय बैंठकमा डा.केसी पक्षधरहरुले केसीले उठाएका जायज मागको सम्बोधन गर्नुनै निकास भएको बताएका छन । अनसनरथ डा.केसीले उठाएका माग समग्र देशको हितमा रहेको भन्दै उहाँहरुले सरकारले पटक पटक गरेका सम्झौताहरु र सहमती कार्यान्वय नगर्नुलाई बिडम्बनाको संज्ञा दिएका छन । प्रहरी प्रशासनले हस्तक्षेत्र गरि अपहरणशैलीबाट डा.केसीलाई जबरजस्ती काठमाण्डौं लैजाने कार्य निन्दनीय भएको प्रतिकृया दिएका छन ।
आन्दोलनरथ पक्षले ८ दिन बितिसक्दा समेत सरकारको ध्यान जान नसक्नु,बार्ता र संम्बाद मार्फत समस्याको समाधान खोज्न नसक्नु र डा.केसीले उठाएका मागलाई सम्बोधन गर्न नसक्नुलाई राज्यको उदासिनता रहेको आन्दोलनकारीले स्पष्ट पारेका छन ।


डा.केसीले आइर्तबार पत्रकार सम्मेलन मार्फत आफ्ना मागहरु सम्बोधन नहँुदै प्रहरी प्रशासनको आडमा आफुलाई रिफर गर्ने प्रयास भईरहेको भन्दै गुनासो ब्यक्त गरेका छन । आफ्ना मागहरुको सुनुवाई नहुँदा सम्म अनसन स्थल परिबर्तन नगर्ने अडानमा डा.केसी रहेका छन ।
डा.केसीको अनसनलाई समर्थन जनाउदै आएका जिल्लाका नागरिक संघ संस्था र राजनैतिक पार्टीले डा.केसीको अनसन बिपरित कार्य नर्गन सरोकारवाला निकायले स्थानिय प्रशासनलाई चेतावनी दिएका छन । डा.केसीलाई अपहरण शैलीमा हेलीकोप्टरमा लैजाने प्रयासको बिरुद्धमा स्थानीयबासी सडकमा उत्रिएको बिषयलाई अन्यथा लिन नहुने नागरिक समाजका संयोजक रमेश जोशीले बताउनु भएको छ । उहाँले भन्नुभयो— डा.केसीको जिबन रक्षा पहिलो सर्त हो त्यसका लागी सरकार प्रतिबद्ध बन्न सक्नुपर्छ । डा.केसीको स्वास्थ्य अबस्था प्रतिदिन प्रतिदिन नाजुक बन्दै गईरहेको प्रति चिन्ता ब्यक्त गर्नुहुदै संयोजक जोशीले डा.केसीलाई रिजाएर लैजाने कुरामा बिमती नरहेको तर प्रहरी प्रशासनको आडमा जबरजस्ती गर्ने कार्य प्रति आफ्नो पुर्ण असहमती रहेको बताउनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।