Amargadhi Post

निर्मला हत्याको ८ वर्ष स् कहाँ पुग्यो नयाँ अनुसन्धान 

निर्मला पन्त हत्याको आठ वर्ष बितिसक्दा पनि प्रहरी अनुसन्धान टुंगोमा पुगेको छैन, पीडित परिवार अझै न्यायको प्रतीक्षामा छन्।

भवानी भट्ट
कञ्चनपुर,साउन,१० गते । ठ्याक्कै आठ वर्ष बित्यो, कञ्चनपुरको निम्बुखेडामा निर्मला पन्तको बलात्कारपछि हत्या भएको। हरेक वर्षझैं यसपालि पनि यो घटना भएको दिनमा निर्मलाकी आमा दुर्गादेवी पन्तलाई सञ्चारकर्मी र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूको टन्नै फोन आउँछ। सबैले उही र उस्तै शैलीमा सोध्छन्, ‘न्यायको आशा अझै छ रु’, ‘कहिले न्याय पाइएला जस्तो लाग्छ रु’, ‘छोरीको सम्झना आउँछ रु’ यस्तै–यस्तै। दुर्गादेवीसँग यी र यस्ता प्रश्नहरूको उत्तर छैन। उनले सुनाइन्, ‘अब के भन्न बाँकी रह्यो र त्यसो त बेला–बेलामा उनको मनमा आशा पनि पलाउँछ। सञ्चारकर्मीले नयाँ–नयाँ खबर सुनाउँदै प्रश्न गर्दा उनलाई केही भइहाल्छ कि भन्ने पनि हुन्छ। जस्तो कि चार महिनाअघि प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन सम्बन्धी अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा १५ सदस्यीय छानबिन समिति गठन गर्‍यो।

त्यसो त केही दिनयता सामाजिक सञ्जालमा निर्मला पन्तको घटनासँग सम्बन्धित अनेकन भिडियोहरू सामाजिक सञ्जालमै फेरि देखिन थालेका छन्। केही मानिसहरूले घटनाबारे अनेकन अड्कल सुनाउँदै अन्तर्वार्ता पनि दिएका छन्। तर यस्ता कुराले भने दुर्गादेवीको बेचैनी मात्र बढाइदिएको छ। ‘आठ वर्षसम्म अपराधी पत्ता लगाउन सकेको छैन। हामीलाई जसले अपराध गरेको छ, त्यही चाहिएको हो,’ दुर्गादेवीले भनिन्, ‘समाचार र फेसबुकमा पुराना भिडियो देखाउँदा हामीलाई दुःख लाग्छ। खाली त्यस्ता पुराना भिडियो नदेखाइदिनुहोला।’ पछिल्लो पटक प्रहरीले गठन गरेको नयाँ छानबिन टोलीबारे उनले फेसबुक र समाचारबाटै सुनेकी हुन्। तर अहिलेसम्म त्यसबारे ठोस जानकारी भने पाएकी छैनन्। न त उनीकहाँ कोही पुगेको छ। ‘हाम्रो यहाँ आउनु पनि पर्दैन, अपराधी पत्ता लगाइदिनुस्,’ उनले भनिन्, ‘जसले अपराध गरेको हो, त्यसैलाई जेल हालियोस्।’ अचेल दुर्गादेवीलाई यो विषयमा कसैले कुरा नकोट्याइदिए हुन्थ्योझैं लाग्छ। घरमा आउने पत्रकारदेखि अन्य मानिस कसैसँग पनि उनी यस विषयमा कुरा गर्न रुचाउँदिनन्। हरेक वर्ष साउन १० नजिकिने बेला उनलाई फेरि त्यही पीर हुने गरेको छ। आठ वर्षदेखि दोहोरिने त्यही प्रश्नले वाक्कदिक्क हुने उनले बताइन्। यस्तै प्रश्नको सामना र न्यायको आशामा बिताएका आठ वर्ष, र यो बीचमा उनले गरेका संघर्ष कम छैनन्। (साभार कान्तिपुरबाट)

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।