Amargadhi Post

डडेल्धुरामा राजाको पक्षमा हस्ताक्षर अभियान सुरु

लक्ष्मी ऐर
डडेल्धुरा,साउन,२२ गते । जनआन्दोलनबाट फ्याकिएका राजालाई पुन ः स्थापित गराउनुपर्ने भन्दै डडेल्धुरामा हस्ताक्षर अभियान सुरु भएको छ ।
बिहिबार देखि सुरु भएको हस्ताक्षर अभियानले हिन्दुराष्ट्र सहितको राजसंस्था पुर्नस्थापित गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले सदरमुकाममा हस्ताक्षर अभियान संचालन गरेको हो ।
राष्ट्रियताको रक्षा, राजसंस्थाको पुर्नस्थापना, जनतासँग राजा, देशमा समृद्धि हाम्रो चाहना भन्ने मूल नाराका साथ सुरु भएको हस्ताक्षर अभियानमा अन्य राजनितिक पार्टी संग बिचार र आस्था राख्नेहरुले पनि हस्ताक्षर अभियानमा सलग्न भएका छन । पछिल्लो दुईदशक यता राजसंस्था देशबाट बढारिएपनि जनताको भाबना र उदेश्यहरु मुताबिक सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भईरहेका बेला पुन राजतन्त्रबादी शक्तिहरु देशभरी सल्बलाई रहेका छन ।
देश अभिभावक विहिन भएको र मुलुकमा बाह्य हस्तक्षेप बढदै गएकोले संबैधानिक राजसंस्था, राजा सहितको बैदिक सनातन हिन्दु राष्ट्रस्थापनाका लागि राजाको पक्षमा डडेल्धुराबासी उत्साहित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य गोबिन्द खडायतले जानकारी दिनुभयो ।
राजतन्त्र देशको पहिचान भएको र राजा बिनाको देशको कल्पना गर्न नसकिने भन्दै खडायतले सनातन धर्म र संस्कृतिको संरक्षण समेत गनर््ुपर्नेमा जोडदिनुभयो ।
डडेल्धुरामा गरिएको हस्ताक्षर अभियानको दुई दिनमा महिला पुरुष वालवालिका गरि करिब एक हजार भन्दा बढी समर्थकहरुले हस्ताक्षर गरेको केन्द्रीय सदश्य खडायतले जानकारी दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।