लक्ष्मी ऐर
डडेल्धुरा साउन २१ गते । डडेल्धुरामा बिश्वस्तनपान सप्ताह मनाएको छ । डडेल्धुराको अमरगढी नगरपालिका स्वास्थ्य साखाले बिभिन्न कार्यक्रम गरि सप्ताह दिवस मनाईएको हो । कार्यक्रममा नबजात शिशुको स्वास्थ्य बृद्धि बिकासका लागी जन्मीएको एक घण्टाभित्र स्तनपान सुरु गर्न तथा पहिलो ६ महिना सम्म आमाको दुध खुवाउनुपर्नेमा जोड दिनुभयो ।
बच्चाहरुलाई स्तनपान गरेर स्वस्थ्व बच्चाको पालन पोषण गर्न स्तनपान गराउनुपर्नेमा जोड दिनुहुदै गाँउबस्तीहरुमा सचेतना अभियान थालीएको बताउनुभयो । अमरगढी स्वास्थ्य शाखा का प्रमुख चित्रा भट्टले स्तनपान कार्यक्रमलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।



