डडेल्धुराका ८ वर्षीय बालक ५ दिनदेखि बेपत्ता
डडेल्धुरा÷ डडेल्धुरामा एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको अमरगढी–९ ढाँटगाउँका पूर्णबहादुर पालका छोरा ८ वर्षीय प्रविन पाल रहेको छन्। पाल ५ दिनदेखि बेपत्ता रहेको बालकका आफन्त पुस्करबहादुर पालले जानकारी दिएका छन ।
पाल १६ गते बिहान घरबाट विद्यालय जान्छु भनि गएको र उतैबाट बेपत्ता भएको उनको भनाइ छ। उनि भागेश्वर मावि टाँटरमा कक्षा ३ मा अध्ययनरत थिए। १६ गते विद्यालय गएका पाल घर नआएपछि विद्यालयमा बुझ्दा विद्यालय पनि नगएको बताईएको छ ।
बालक बेपत्ता भएपछि बालकका आफन्तले उनको खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दर्ता गरको छ।
१८ गते बालक हराएको उजुरी प्रहरीमा आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिएका छन । बालकको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म पत्ता लगाउन सकिएको भने छैन ।
