अमरगढी रैबार संम्बाददाता)
डडेल्धुरा,पुस ८ गते । डडेल्धुरा सदरमुकामबाट एक किलो मिटर दुरीमा रहेको भीमदत्तराजमार्ग अन्र्तगत चालिसे मोडमा बसको ठक्करबाट मोटरसाईकल यात्रुको मृत्यु भएको छ भने चालकको अबस्था गम्भिर रहेको छ ।
महेन्द्रनगरबाट बझाङ तर्फ आईरहेको महाकाली यातायात प्रा.लि.को ना.७ ख ६५२२ नम्बरको बसले बिपरित दिशाबाट आईरहेको से.४ प ५८८० नम्बरको मोटरसाईकललाई आज दिउसो १ ः ३० बजे ठक्कर दिदाँ एकजनाको मृत्यु भएको हो ।
बसको ठक्करबाट मोटरसाईकलमा सवार अमरगढी नगरपालिका वडा नं.११ का २० बर्षिया भरत बोहराको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक देबराज खत्रीले जानकारी दिनुभएको छ ।
दुर्घटनाबाट मोटरसाईकल चालक गन्यापधुरा गाउपालिका वड नं.३ का १९ बर्षिया महेश ठगुन्नाको अबस्था गम्भिर रहेको र उनलाई डडेल्धुरा अस्पताल डडेल्धुराले थप उपचारका लागी रिफर गरिएको प्रहरी नायब निरिक्षक खत्रीले बताउनुभयो ।
घटना स्थलमा पुगेको प्रहरीको टोलीले बसका चालक भिमदत्त नगरपालिका हल्दुखाल बस्ने ३२ बर्षका बिरेन्द्र बुढा र बसलाई नियन्त्ररणमा लिई अनुसन्धान भईरहेको डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
मोटरसाईकल तिब्र गतिका कारण अनियन्त्रीत भई बससंग ठोकिदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेको भनाई थियो ।
