Amargadhi Post

एमसिसी संसदबाटै अनुमोदन हुन्छ ः मन्त्री ढकाल

अमरगढी रैबार संम्बाददाता
डडेल्धुरा,माघ,७ गते । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन हुने बताउनुभएको छ । डडेल्धुरा अस्पताल डडेल्धुरामा आयोजना गरिएको सर्बपक्षिय बैठकलाई सम्बोधन गर्नुहुदै मन्त्री ढकालले एमसिसी कुनै सैन्य प्रयोजनाका लागि नभएकाले संसदबाट पास हुने बताउनु भएको छ ।
माघ १२ गते संसदले सभामुख पाएपछि सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोकबिना पास हुने दाबी समेत मन्त्री ढकालले गर्नुभयो ।
‘एमसिसी परियोजना कुनै सैन्य परियोजना होइन । हातहतियार, बारूद र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,’ उहाले भन्नुभयो— ‘एमसिसी विकास परियोजना हो । नेपालको लागि आवश्यक पनि छ । मन्त्री ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गरि आबश्यक जनशक्ति र अस्पताल बिकास समिति छिट्टै गठन गरिने बताउनु भएको छ ।
भौतिक पूर्वाधार, कर्मचारी जनशक्ति, उपकरण र औषधिका अभाब लगायतका बिषयमा मन्त्री ढकाललाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र विष्टले जानकारी गराउनु भएको थियो । बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घघाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययनका लागी मन्त्री ढकालको टोली बैतडी तर्फ लाग्नु भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।