डडेल्धुरा ÷ डडेल्धुराको अमरगढी नगरपालिकाले स्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता सुरु गरेको छ । नगरस्तरीय रनिङ सिल्ड प्रतियोगीताको आईतबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख गणेशराज भट्टले ब्यानर वाचन गरी उद्घाटन गरेका हुन् ।

नगरपालिको वडा नम्बर ३ मा पर्ने रामलिला खेलमैदानमा पहिलो पटक विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै रनिङ सिल्ड सुरु भएको छ ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भने नाराका साथ सुरु भएको प्रतियोगीतमा आज पहिलो चरणका सबै खेलकुद भएको आयोजक अमरगढी नगरपालिका शिक्षा शाखा संयोजक हेमन्त पन्तले बताए ।

प्रतियोगीतमा एथलेटिक्स,दौड, सटपुट, महिला पुरुष भलिबल, कबड्डी, तेक्वान्दो, करातेलगायतका खेलहरु खेलाइदैछन् । उद्घाटन कार्यक्रममा बोल्दै अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वर प्रशाद ओझाले नयाँ प्रतिभाको पहिचान गर्न उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै कुनैपनि खेलको जग नै विद्यालय खेलकुद भएको धारणा व्यक्त गरे ।

समन्वय समिती प्रमुख भट्टले डडेल्धुरा कुनै समयमा खेलकुदको हब नै भएको उल्लेख गर्दै पढाइसँगै खेलकुदलाई पनि विद्यार्थीहरुले प्राथमिकता दिर्नु पर्नेमा जोड दिए । दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगी शोमबार एक कार्यक्रमकाबीच सम्पन्न हुने आयोजकले जनाएको छ । आज भएका खेल मध्ये ५ स्वणसहित वैजनाथ माबि तालिकाको पहिलो स्थानमा छ भने दास्रोमा ४ स्वणसहित महेन्द्र माबि छ । दोस्रो ३ स्वणसहित माउण्टेनमा बागबजार रहेका बताईएको छ ।
