Amargadhi Post

डडेल्धुरामा दादुरा रुबेला खोप अभियान सफल पार्न सामुहिक प्रतिबद्धता

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,१६ गते । अगामी चैत्र १ गतेदेखि देशब्यापी रुपमा संचालन हुन गईरहेको दादुरा रुबेला खोप अभियानललाई सफल पार्न डडेल्धुराका सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन ।
स्वास्थ्य कार्यालल डडेल्धुराले जिल्ला सरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय पुर्णखोप सुनिश्चितताका लागी एक दिवशिय आयोजीत कार्यक्रममा लिखित प्रतिबद्धता जाहेर गरेका हुन ।

७ वटै स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु ,नेपाल पत्रकार महासंघ,नागरिक समाज,रेडक्रस लगायतका संघ संस्थाहरुको सहभागीतामा संचालित उक्त कार्यक्रममा पुर्ण खोप अभियानलाई सार्थक बनाउन ब्यानरमा हस्ताक्षर समेत गरिएको छ । दादुरा रुबेला खोप अभियान संचालन हुदाँ अभियानका चुनौती कम र अवसर बढी भएकोले अभियानलाई लक्ष्य अनुरुप सफल बनाउन डडेल्धुराका सरोकारवालाहरु पूर्ण रुपमा प्रतिबद्धभई लाग्नु पर्ने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुष्तोस श्रेष्ठले बताए । उनले अभियानका लागि सोचेको जस्तो बजेट नभएकाले स्थानीय तहहरुलाई बिशेषश सहयोगका लागि अनुरोध गरे ।


देश ब्यापी रुपमा संचालन हुनगईरहेको अभियानलाई डडेल्धुरामा सफलतापूर्वक सम्पन्न गर्न सबै निकाएको सहयोग आवश्यक रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले बताए ।

२ सय ४० केन्द्रबाट दिईने खोपमा ७७ स्वास्थ्यकर्मी तथा १ सय ५४ महिला स्वास्थ्य स्वंमसेवीकाहरु प्नि खटिने स्वास्थ्य कार्यालय डडेल्धुरा भेटक्र कन्ट्रोलर सुपरभाईजर हरिप्रशाद भट्टले बताए । शुक्रबार गरिएको बृहत गोष्ठीमा दादुरा रोबेला खोपको बारेमा सम्पुर्ण जानकारी दिईएको छ ।

जिल्ला समन्वय समितीका प्रमुख गणेशराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७ स्थानीय तहका प्रमुख तथा उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, सुदूपश्चिम प्रदेश समाजीक विकास मन्त्रालयका प्रतिनिधी, स्वास्थ्य निर्देशनालयका प्रतिनिधी तथा ७ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी, पत्रकार, नागरिक समाज, रेडक्रस र स्वास्थ्यका क्षेत्रमा काम गर्ने गैर सकारी संस्थाहरु लगायतका उल्लेख उपस्तीथी रहेको थियो । कार्यक्रमको आयोजना जिल्ला स्तरीय पुर्ण खोप समन्वय समितीले गरेको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।