Amargadhi Post

डडेल्धुरामा तिनदिन देखि एक युबक बेपत्ता

लक्ष्मी ऐर
डडेल्धुरा,चैत २५ गते । डडेल्धुराको अमरगढी नगरपालिका–३ कोटेउडाका एक युबक तीनदिन देखि बेपत्ता भएका छन । बेपत्ता हुनेमा कोटेउडा गाउँका ४२ वर्षीय हरिदत्त पाण्डेय रहेको डडेल्धुरा प्रहरी कार्यालयले जनाएको छ ।
तीन दिनदेखि बेपत्ता उनको खोजी कार्य निरन्तर भएपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
उनी अमरगढी नगरपालिका–३ को दहतला जंगलबाट हराएको पारिवारीक स्रोतले जनाएको छ । उनको खोजी कार्य निरन्तर रुपमा गरिरहेको भएपनि अझै फेला नपरेको स्थानीय विष्णुराज पाण्डेयले जानकारी दिनुभयो । पाण्डेयका अनुसार उनी मानसिक समस्याले पीडित थिए । तीन दिनदेखि पाण्डेय बेपत्ता भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।