Amargadhi Post

राजनैतिक दलहरुको माग ः डडेल्धुरा अस्पताललाई कोरोना परिक्षण केन्द्र बनाऔं

लक्ष्मी ऐर
डडेल्धुरा,चैत २५ गते । डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन जिल्ला स्थित राजनैतिक दलका नेतृत्वहरु एकमत भएका छन । डडेल्धुराका ५ राजनीतिक दलले डडेल्धुरा अस्पताललाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन सघिय सरकारसंग माग गरेका छन ।
संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमकै एकमात्र डडेल्धुरा अस्पताललाई कारोना परीक्षण केन्द्रको रूपमा तत्काल व्यवस्थित गर्न सरकारसँग माग राख्दै राजनीतिक दलले ध्यानाकर्षण गराएका हुन ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रमा रहेको उक्त अस्पतालमा तत्काल पिपिईलगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गर्नसमेत यहाँका राजनीतिक दलहरूले सरकारसँग माग राखेका हुन । डडेल्धुराको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र समाजवादी पार्टीले संयुक्त ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी जग्गनाथ पन्त मार्फत केन्द्र सरकारलाई पठाएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।