Amargadhi Post

डडेल्धुरा—डोटी सिमा क्षेत्रमा कार दुर्घटना,६ जना घाईते

लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,३ गते । डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका—१ घण्टेश्वरको घोरडीमा आज बिहान कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन । बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकीका प्रहरी हवल्दार शम्भुसिं धामीले जानकारी बताउनुभयो ।
बिहान करिब ९ बजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको कार सडकदेखि झण्डै तीन सय मिटर तल खसेको जनाइएको छ । प्रहरीका अनुसार कारमा सवार चालकसहित ६ जना सबै घाइते रहेको छन । चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको पाइएको प्रहरीले जनाएको छ ।
कारमा दुई साना बालबालिका सवार रहेको र दुई जनाको सवारी पासमा नखुलाइएको बुझिएको छ । दुर्घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापा सहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ । प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था भने गम्भीर रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।