Amargadhi Post

जंगल अतिक्रमण गरि निर्माण भएका जोगबुढाका ६ घर टहरामा आगो लगाई हटाईयो

पुष्कर भण्डारी
डडेल्धुरा,बैसाख,७ गते । कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्नेका टहरा भत्काई आगो लगाइएको छ। लकडाउनको मौका छोपि राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्रा टहरा भत्काई आगो लगाइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
सालको वन भएको भित्रि मधेश जोगबुडा क्षेत्रमा अतिक्रमण गरि बनाइएका ६ वटा छाप्रा भत्काई आगो लगाई नष्ट गरिएको डिभिजन वन अधिकृत बिष्णुप्रशाद आचार्यले बताउनुभयो । परशुराम नगरपालिका १२ स्थित सालका रुख भएको राष्ट्रिय वन क्षेत्रमा स–साना बुकुरा बनाई अतिक्रमण गर्न खोज्ने स्थानीयका ६ वटा छाप्रा भत्काई आगो लगाइएको हो ।
डङशेरा सामुदायिक वन उपभोक्ता समूहसंग जोडिएको राष्ट्रिय वन क्षेत्रका ६ वटा बुकुरा शनिबार सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र वन कार्यालयका कर्मचारीहरुको पहलमा भत्काई आगो लगाई नष्ट गरिएको उहाले बताउनुभयो । उनले अन्यत्र पनि कतै यस्तो भएको थाहा भएमा यथासिघ्र जानकारीका लागि आग्रह गरेका छन ।
भित्रि मधेश चुरे क्षेत्रको वन अतिक्रमण चपेटा परेको छ। सालका रुख भएको वन क्षेत्र र उर्वर भूमि भएकाले स्थानीयहरुले काठ कटानी गरि तस्कर गर्न र खेतीपाती गर्न वन क्षेत्र अतिक्रमण गर्दै आएका छन्।

जिल्लाको कुल वन क्षेत्र १ लाख १५ हजार १ सय ६९ हेक्टर छ। क्षेत्रीय वन निर्देशनालय कैलालीको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा २८ हजार ४ सय ३ दशमलव २८ हेक्टर क्षेत्रफल वन अतिक्रमणको चपेटामा परेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।