Amargadhi Post

परशुराम ७ घुम्टेगडाका अठार बर्षिय दिनशमाथी कुटपिट

कुटपिटमा संलग्नहरु प्रहरी हिरासतमा

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ,५ गते । परशुराम नगरपालिका वडा नं. ७ घुम्टेगडामा जेठ १ गतेका दिन १०—११ जनाको समुहले सोही गाँउका १८ बर्षिया दिनेश बिष्टमाथी निर्घात कुटपिट गरेको छ । कुटपिटबाट हात भाचिएको छ भने छाती र टाउकोमा चोट पुगेको छ । आफ्नै घरनजिक साथीभाईसंग क्रिकेट खेलीरहेका बेला सोही गाँउको माथिल्लो टोलका १०—११ जना युबाहरुक ो जमातले बिष्टमाथी कुटपिट गरिएको हो ।
सोही गाँउको एकजनाको घरमा दिउसो लेन्टर हालेर साँझपख मदिरा खाएर बिष्ट खेलीरहेका घर नजिकै आएर क्रिकेट खेल्ने बिषयमा बिबाद गरेर एकाएक कठबास,लाठी प्रहार गरि आक्रमण गरिएको उनका ठुलबुबा गम्भिर सिह बिष्टले बताउनुभयो । कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा छन । कुटपिट गर्नेमा सोही गाँउका बर्ष १९ का अमर ठगुन्ना,बर्ष १९ का सुरेश धामी,बर्ष १८ का महेश बोहरा,बर्ष १९ का गणेश बोहरा,बर्ष १८ का सुरेश बोहरा र दुईजना नाबालक संलग्न रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
पिडित बिष्टकी आमा लिलादेबी बिष्टले ७ जना बिरुद्ध किटानी र अन्य ४ जनाको नाम खुल्न नसकेको भनी दिएको जाहेरीका आधारमा अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेको र अगंभग अन्र्तगत मुद्धा चल्ने प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । मुलुकलाई कोरानाको सामना गर्न हम्मेहम्मे भईरहेका बेला यस्ता कुटपिटका घटना हुनु दुखद भएको बताए ।
बिष्ट सहित ४—५ जना उनको घर नजिकैका अन्यसाथी भाईसंग खेलीरहेको अबस्थामा उनीहरुले निहु खोजेर बिष्ट माथी एकाएक आक्रमण गरेको र आफुहरु नभएको भए ठुलो दुर्घटना हुने गम्भिर बिष्टको भनाई थियो । क्रिकेट खेल्दै गरेका बिष्ट संग उनीहरुले निहु खोजेर आक्रमण गरेको स्थानीय पदम बमले जानकारी दिनुभयो ।
किन आक्रमण गरेका हुन थाहा छैन १०—११ जनाको समुहमा उनीहरु रहेको बमले बताए । घटनालगत्तै शशस्त्र प्रहरीको टोलीले घटनामा संलग्नहरु सातजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय जोगबुढालाई बुझाएको थियो । इलाका प्रहरी कार्यालयले दुबै पक्षलाई बोलाई छलफल गर्ने उदेश्य गरिएको भएपनि पिडित पक्ष मात्रै उपस्थिती भएपछि मुद्धा जिल्ला प्रहरी कार्यालय तर्फ पठाईएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।  पिडित बिष्टकी आमा लिलादेबी बिष्टले छोरा माथी सामुहिक आक्रमण गर्नु र अंगभग हुने गरि कुटपिट गर्नुको रहश्य केहो पत्ता लगाईनुपर्ने भन्दै सातजनाको नाममा किटानी जाहेरी दिएकी हुन । सातजना बाहेक अन्यको हुलिया थाहा नभएको बताउदै बिष्टले घटनामा सलग्नलाई कानुनी कारबाही गरिनुपर्ने माग गरेकी छन । उता पिडकपक्षका अभिभाबक कर्णबहादुर धामीले क्रिकेट खेलीरहेका अबस्थामा जुन घटना घट्यो त्यसलाई दुखद नै मान्नुपर्ने बताउनुभयो । दिनेश माथी जुन कुटपिट भयो र घटनामा संलग्नहरुको तर्फबाट हामी माफी माग्छौं तर यस घटनालाई कानुनी बाटो रोज्नु भन्दा पनि एकपटकका लागी गाउठाउको घटना भन्दै पिडितलाई न्याय हुने गरि मिलापत्र गरिदिन सबैलाई आग्रह गर्नुभयो । उहाँले पिडितका आमा बुबासंग कुरा गरिरहेका छौं घटनामा संलग्नहरु भनिएका पनि कोही नाबालक र पढीरहेका छन तिनीहरुको भबिश्य हेरेर एकपटक माफि दिदा राम्रै ह्ुन्छ धामीले भने— पिडितको सम्पुर्ण उपचार खर्च र लिखित माफी सम्मको सहमतीको प्रयास गरिरहेका छौं । उनीसंगै आएका अर्का अभिभाबक आईते बोहराले पनि घटना प्रति दुख ब्यक्त गर्दे पिडितपक्षले सहमतीमा आईदिन आग्रह गरेका छन । घटना योजनाबद्ध र सुनियोजित भन्ने हुनै सक्दैन बोहराले भने— जे भयो कमजोरी भयो र अब उप्रान्त नदोहरीने गरि एक पटक माफि दिदा रामै्र हुने बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।