Amargadhi Post

मनीषाले नेपालको नयाँ नक्सालाई समर्थन गरेपछि===

भारतद्वारा अतिक्रमित भूगाग समेटेर नेपालले जारी गरेको नयाँ नक्सामा अभिनेत्री मनिषा कोइरालाको समर्थन

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेष्ठ,७ गते । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका भूगाग समेट्दै नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गर्‍यो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोही निर्णय जानकारी गराउँदै ट्वीट गरे । अभिनेत्री मनीषा कोइरालाले त्यसलाई रिट्वीट गर्दै लेखिन– ‘हाम्रो सानो राष्ट्रको गरिमा राख्नु भएकोमा धन्यवाद । हामीले तीनै महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता होस् भन्ने चाहेका छौं ।’ बिहीबार साँझसम्म यो ३ हजार ८ सय पटक रिट्वीट भएको छ ।

भारतीय फिल्म उद्योग बलिउडमा विशिष्ट स्थान बनाएकी मनीषाले नेपालको नयाँ नक्साको समर्थन गरेपछि भारतमा आलोचित बनेकी छन् । खासगरी भारतीय टेलिभिजन मिडिया र सामाजिक सञ्जालमा उनको चर्को विरोध गरिएको छ । भारतको संस्थापनसँग नजिक मानिएको एबीपी न्यूजले ‘चीनको गीत गाएको’ समेत भन्न भ्याएको छ । मंगलबार प्रसारित गरिएको एबीपीको रिर्पोटमा भनिएको छ– ‘नेपालमा जन्मिएकी नेपाली अभिनेत्री मनीषा कोइरालाले नेपालको दाबीलाई सही मानेकी छन् । भारतको खाने अनि चीनको गीत गाउने रु भारतमा उनलाई रोजगारी मिल्यो, स्टारडम कमाइन् । उनले जे पाएकी छन्, भारतबाटै पाएकी छन् ।’

ट्वीटरमा भारतीय प्रयोगकर्ताले ‘बोयकट मनीषा’ अभियान चलाएका छन् । सत्यम शिवम नामक प्रयोगकर्ताको ट्वीट छ– ‘मनीषा को हुन् रु कुटनीतिज्ञ रु अनुसन्धानकर्ता, इतिहासकार वा अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञाता रु उनले आफू बसेको सहर ९मुम्बईं०लाई भुल्न मिल्दैन ।’ अधिकांशले भारतमा प्रसिद्धी कमाएर भारतकै विपक्षमा उभिएको भन्दै तुच्छ स्तरको गाली गरेका छन् । नेपाल र भारतको विवादमा चीनलाई मिसाएकाले रोष प्रकट गर्ने पनि उत्तिकै छन् ।

भारतमा व्यापक विरोध भइरहँदा नेपालमा भने मनीषाको वाहवाही भएको छ । ट्वीटरमा ‘विथ मनीषा’ र ‘ब्याक अफ इन्डियन मिडिया’ ह्यासट्याग सुरु गरिएको छ । बलिउडको निगाहाले नभई मनीषाको मेहनत र प्रतिभाले सफलता हासिल गरेकाले उनीमाथि अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरिएको छ । ‘लगाव र संघर्षबाट मनीषाले स्टाडम कमाएकी हुन्, कसैको आशीर्वादले होइन । यसबारे अनावश्यक बोल्न तिमीहरुसँग नैतिकता छैन,’ आशिष अर्यालले लेखेका छन् । बलिउडमा चम्किएर पनि मातृभूमिको स्वाधिनताप्रति ऐक्यबद्धता जनाउनु साहसपूर्ण भन्दै उनलाई प्रंसशा मिलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीटरमा भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले पीत पत्रकारिता गरेको आरोप लगाएका छन् । त्यस्तै, करिष्मा मानन्धर, सञ्चिता लुइँटेल, शिल्पा पोखरेललगाएतका नेपाली अभिनेत्रीहरु पनि मनीषाको पक्षमा उभिएका छन् ।

क्यान्सरलाई जितेपछि भारतीय सञ्चारमाध्यमले मनीषालाई विवादमा तानेको यो पहिलो घटना हो । बुधबार साँझसम्म आफूमाथिको आलोचनाबारे मनीषाले कुनै प्रतिक्रिया दिएकी छैनन् । बरु मंगलबार उनले पूर्वराजा ज्ञानेन्द्र शाहको नामको ट्वीटर ह्यान्डलको ‘सीमा समस्याको समाधानका लागी त्रिपक्षीय वार्ता गर्नुपर्ने । त्यसमा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्ने’ आशयको ट्वीट पनि रिट्वीट गरेकी थिइन् । नेपालको नयाँ नक्सामा लिपुलेकसहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको छ । यो नक्सा औपचारिक रुपमा बुधबार सार्वजनिक गरिएको छ ।

भारतले सडक उद्घाटन गरेको खबर बाहिरिएसँगै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने र त्यसका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने आवाज उठेको थियो । त्यतिबेलैबाट मनीषा अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने पक्षमा उभिएकी थिइन् । उनले ट्वीटरमा यससम्बन्धि समाचार र ट्वीटलाई रिट्वीट गर्दै आएकी थिइन् । उनी पछिल्लो समय ट्वीटरमा ‘कट्टर राष्ट्रवादी’ को छनक दिने गरी प्रस्तुत भइरहेकी छन् । नेपाल र अमेरिकी सरकारबीचको मिलिनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० को विपक्षमा छिन् । सीमामा नेपालीलाई नेपाल सरकारले नहरेको विषयमा पनि उनले ट्वीट गरेकी छन् ।
क्यान्सर मुक्त भएपछि मनीषा नेपाल, भारतसहित अन्य मुलुकमा सामाजिक कार्यहरुमा व्यस्त छिन् । तर, पछिल्लो समय ट्वीटरमार्फत उनले व्यक्त गरिरहेको राष्ट्रभक्तिलाई कतिपयले राजनीतिमा आउने संकेतका रुपमा अथ्र्याएका छन् । त्यसो त मनीषा नेपालको राजनीतिमा प्रवेश गर्ने चर्चा पुरानै हो । उनले विसं। २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको स्थानीय निकायको निर्वाचनको प्रचार गरेकी थिइन् । त्यतिबेला उनको खुबै विरोध भएको थियो । उक्त चुनाव प्रमुख राजनीतिक दलले बहिष्कार गरेका थिए । उनका बुबा प्रकाश कोइराला राजाको प्रत्यक्ष शासनकालमा वातावरण, विज्ञान तथा मन्त्री भएका थिए ।
राजावादीकी रुपमा चिनिएकी मनीषा लोकतन्त्र स्थापनापछि राजनीतिक परिदृश्यमा खासै देखापरिनन् । सन् २००९ मा भने उनले राजनीतिमा प्रवेश गर्न लागेको अन्तरवार्ता दिएको थिइन् । तर, त्यो पनि त्यतिकै सेलायो । २०७२ सालमा कान्तिपुरसँगको कुराकानीमा उनले ‘राजनीतिमा चासो रहेको तर तत्काल राजनीतिमा आउने सम्भावना नरहेको’ बताएकी थिइन् ।
‘सौदागर’ फिल्मबाट बलिउडमा पाइला राखेकी मनीषा सन् नब्बेको दशककी सर्वाधिक लोकप्रिय अभिनेत्रीमध्ये एक हुन् । ‘बम्बे’, ‘अग्नीसाक्षी’, ‘खामोशी’, ‘दिलसे’, ‘मन, ‘गुप्त’, ‘कम्पनी’जस्ता दर्जनौं फिल्ममा उनको कुशल अभिनय देख्न पाइन्छ । उनले नेपाली र दक्षिण भारतीय फिल्ममा पनि अभिनय गरेकी छन् ।
पछिल्लो पटक नेट्फ्लिक्सको वेबसिरिज ‘मस्का’मा देखिएकी मनीषा हाल मुम्बईमा छिन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।