Amargadhi Post

स्वयम्भू प्रहरी वृत्तका असईको गोली लागेर मृत्यु

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ,११ गते । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एकजना प्रहरी सहायक निरक्षिक ९असई०को गोली लागेर मृत्यु भएको छ ।
आइतवार बिहान करिब ८ बजेको समयमा ड्यूटीमा रहेका असई महेश कार्कीको टाउकोमा गोली लागेर ज्यान गएको हो। कन्चटमा गोली लागेको अवस्थामा आइतबार बिहान उनी मृत भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

दोलखा घर भएका असई कार्कीको कार्यालयमा कुर्सीमै बसेको अवस्थामा गोली लागेर ज्यान गएको हो। उनको टाउकोमा गोली के कारणले कसरी लाग्यो खुलेको छैन।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।