Amargadhi Post

डडेल्धुराको एक होटलमा मृत अबस्थामा फेला परेकी युबतीसंग प्रहरी जवान नै संलग्न आशंका

लक्ष्मी ऐर

डडेल्धुरा,जेठ,१४ गते । डडेल्धुराको सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बाथरुममा मृत भेटिएकी युवतीसंग रहेका प्रहरी जवान रामदिन चौधरीलाई आशंकाको भरमा प्रहरीले सोधपुछका लागी पक्राउ गरेको छ ।
बुधबार विहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलको कोठा बुक गरेपछि युवती होटलको कोठामा पुगेकी थिइन् । युवती होटलमा पुगेको १५ मिनेट पछि चौधरी युवतीको कोठामा पुगेको प्रारँिभक अनुसन्धानबाट खुल्न आएको छ ।
अजयमेरु गाउपालिका २ चमडामा रहेको चमडा प्रहरी चौकीमा कार्यरत रामदिन चौधरीले सरकारी रातो रंगको मोटरसाईकल प्रयोग गरेको खुल्न आएको छ ।
रिर्सोटका म्यानेजर विष्णु भट्टले मृतक युवतीले मेरो श्रीमान आउदै हुनुहुन्छ हामी फ्रेस भएर निस्कन्छौ भन्दै रिर्सोटको रुम बुक गरेको बताउनु भएको छ ।
मृतक युवतीका आफन्तहरुले भने युवतीले घरबाट आफ्ना सवै लुगा कपडा लिएर मंगलबार घरबाट निस्केको बताएका छन् । घटनाका सन्दर्भमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले शबको पाष्ेटमार्टम गर्नुपर्ने र पिडित पक्षले किटानी जाहेरी दर्ता गरेपछि थप अनुसन्धान गरिने बताउनु भएको छ । ‘प्रमाणका आधारमा घटनामा संलग्न जो भएपनि कानुनी कारवाहीको भागेदार हुने प्रनाउ न्यौपानेले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।