लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,२२ गते । कोबिड १९ लाई लक्षित गरि नेपाल पत्रकार महासंघ डडेल्धुरा साखाद्धारा जिल्लामा कृयाशिल संचारकर्मीहरुका बिच आज अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कोबिड १९ को माहामारीले जनजिबन प्रभाबित बनीरहेका बेला संचारकर्मीहरुलाई रिपोटिङग सहजता गर्ने उदेश्यले महासंघघले एक दिवशिय कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

मुलुक झण्डै अढाई महिना देखि लकडाउन भएको अबस्थामा संचार क्षेत्रको अबस्था दैनिय भएका बेला पत्रकार महासंघले आफ्ना संचारकर्मीहरुको अबस्था,र रिपोटिङग गर्दाका चुनौती र समस्याबाट जोगिनका लागी सेनीटाईजर,मास्क १९५ र ग्लोब्स बितरण गरेको छ ।
अमरगढी नगरपालिकाको आर्थिक सहयोग र बिभिन्न संघ संस्थाहरुको सहयोगमा पत्रकार महासंघले जिल्लामा कृयाशिल ४० जना भन्दा बढी पत्रकारहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख डा.आशुतोस श्रेष्ठले कोबिड १९ बाट उत्पन्न जिल्लाको अबस्था, कोराना महामारीबाट बच्ने उपाया,साबधानी र ब्यबस्थापनका बिषयमा संचारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।

डा.श्रेष्ठले भारतबाट भित्रीएकाहरुलाई क्वारेन्टाईनमा राखीएको र आरडीटी र आबश्यकताका आधारमा पिसिआर जाँच भईरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा अमरगढी नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले कोरानाको जोखिम दिन प्रति दिन बढीरहेकाले यसमा सबै क्षेत्र समुदाय लाग्नुपर्ने बताउनुभयो । कोबिड १९ बाट उत्पन्न समस्याले मानब सभ्यता रहने की नरहने भन्ने बिषय पेचिलो रुपमा आईरहेको भन्दै यो माहामारी बिरुद्धको अभियानलाई परास्त गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । भारतबाट भित्रीएका नेपाली दाजुभाईहरुलाई क्वारेन्टाईनमा राख्नुपर्ने र उनको खान,बस्नको प्रबन्ध मिलाउनुपर्ने र यो संक्रमण फैलिन नदिनका लागी सामाजिक दुरी र लकडाउनको पालना गर्न गराउन कम चुनौती नरहेको नगर प्रमुख ओझाले बताउनुभयो ।

बिश्वभर फैलिएको कोराना भाईरसबाट मानबको जिउ ज्यान जोगाउन र सक्रमण फैलिन नदिनका लागी बिश्व समुदाय आक्रान्त भईरहेका बेला हाम्रो देशका लागी यो ठुलो चुनौतीका रुपमा देखा परेको नगर प्रमुख ओझाले जानकारी दिनुभयो । स्थानीय सरकारहरुले कोराना बिरुद्धको अभियानमा रातदिन खटीरहेको र हाम्रो सामथ्र्यता भन्दा बाहिर जान सक्ने खतरा रहेको भन्दै नगर प्रमुख ओझाले यो महामारी बिरुद्धको अभियानलाई साझा रुपमा लिन समेत सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउदले अहिलेको राज्यको एकमात्रै दायित्व हरेक नागरिकलाई रोग र भोक दुबैबाट बचाउनुपर्ने तर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो । मुलुकले भोगीरहेको समस्या संगैं यो माहामारीबाट संचारकर्मीहरु समेत निकै प्रभाबित भईरहेकोले राज्यका निकायहरुले संचार क्षेत्रका लागी राहतका प्याकेज ल्याउनुपर्नेमा अध्यक्ष साँउदले जोड दिनुभयो । कोराना बिरुद्धको भाईरसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने अभियानमा संचार क्षेत्रको भुमिका महत्वपुर्ण भएको भन्दै अध्यक्ष साँउदले तिन तहका सरकारबाट भईरहेका प्रयासहरुलाई अझै सार्थकता बनाउन पिसिआर परिक्षण बृद्धि गर्नुपर्ने र राहत मागीरहेका नागरिकलाई राहत बितरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदश्य उत्तर बिष्टले कोराना बिरुद्धको यो साझा अभियानमा संचारकर्मीहरुले साबधानी पुर्ण राखेर रिपोटिङग गर्न आग्रह गर्नुभयो ।
भारतबाट आएका नागरिकहरुको अभिभाबक बन्न स्थानीय सरकारहरु नसकीरहेको गुनासो गर्दे केन्द्रीय सदश्य बिष्टले पत्रकारहरुका लागी सरकारले राहत प्याकेज ल्याउन ढिलाई गर्न नहुने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश सचिब करन ताम्राकारले कोराना माहामारीको संक्रमण फैलिन नदिनका लागी स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

पत्रकार महासंघको प्रदेश समितिले पत्रकारहरुका लागी राहत प्याकेजका कार्यक्रमहरु अघि बढाईरहेकाले जिल्ला जिल्लामा राहत बितरणका कार्यक्रमहरु छिट्टै बितरण गरिने सचिब ताम्राकारले बताउनुभयो । यसैगरी प्रेश संगठनका सुदुरपश्चिम प्रदेश सहसंयोजक नबराज भण्डारी,प्रेस युनियनका जिल्ला अध्यक्ष धनबहादुर भण्डारी पत्रकार महासंघका पुर्ब अध्यक्ष राम धामी लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

ग्रामिण जलश्रोत परियोजना डडेल्धुराले ३० थान सेनिटाईजर,मास्क र ग्लोब्स सहयोग गरेको थियो भने प्रेश संगठन जिल्ला समिति र प्रेश संगन प्रदेश समितिले सेनीटाईजर,मास्क र ग्लोब्स पत्रकार महासंघ डडेल्धुरालाई उपलब्ध गराएको थियो । महासंघमा उपलब्ध भएको स्वास्थ्य सामग्रीलाई जिल्लामा कृयाशिल संचारकर्मीहरुका बिचमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि उक्त सामाग्री समेत हस्तान्त्ररण गरिएको थियो ।

