Amargadhi Post

डडेल्धुरामा चितुवा बाग मृत अवस्थामा फेला प¥यो

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ २९ गते । डडेल्धुरामा बिहीवार एउटा चितुवा बाग मृत अवस्थामा फेला परेको छ । अजयमेरु–१ समैजी पुइलेकको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभीजन बन कार्यालय डडेल्धुराले जनाएको छ ।
स्थानीयहरुले जगंली बदेलबाट खेतीपाती जोगाउन खेत नजिकैं पासो थापेका कारण उक्त चितुवा पासोमा परेर मृत्यु भएको जनाएको छ । पासो भित्र मृत अवस्थामा भेटे पछि स्थानीयले प्रहरीलाई खबर गरेपछि बन कर्मचारी र प्रहरीको सयुक्त मुजुल्का उठाई डम्पीङ गरिएको डिभिजन बन कार्यालय डडेल्धुराले बताएको छ ।
मृत चितुवालाइ बन डिभिजन कार्यालयमै ल्याइ व्यवस्थापन गरीएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।