Amargadhi Post

सदरमुकामै निर्माण भएको पर्खाल एक बर्षमै भत्कियो

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असार,३० गते । डडेल्धुराको बागबजार बसपार्कमा निर्माण भएको मञ्चको पर्खाल एक बर्षमै भत्किएको छ ।
गत बर्ष २०७५,०७६ को असारे बजेट अन्र्तगत अमरगढी नगरपालिकाले सिधै कोटेशनका आधारमा निर्माण गरेको थियो तर अर्काे असार नसकिदै मञ्चको पर्खाल भत्किएको हो ।
अमरगढी नगरपालिकाले एक निर्माण ब्याबसायीलाई कोटेशन मार्फत निर्माण गराएको भएपनि बर्षात नआउदै पर्खाल भत्किनुले गुणस्तर माथी प्रश्न चिन्ह उठाएको छ । पर्खाल भत्केको सात आठ दिन बितिसक्दा सम्म पनि अमरगढी नगरपालिका भने जानकार छैन ।
डडेल्धुराको सदरमुकाम बसपार्कमा निर्माण भएको मञ्चको पछाडी पटटीको भाग भत्किएपछि बिकास निर्माणका काम कसरी भईरहेका रहेछन भन्ने आकलन गर्न सकिन्छ । बिकास निर्माणका कामहरु प्रतिष्पर्धा मार्फत गर्नुपर्ने वा उपभोक्ता मार्फत निर्माण गर्नुपर्ने बिषयलाई लत्याएर कार्यालय प्रमुखहरुको तजबिजले कोटेशन बितरण गरि काम सम्पन्न भयो । तर यो योजना सदरमुकामको मुख्य बजारमा भएर पनि नगरपालिको नजर गएन भने ग्रामिण बस्तीका योजनाहरु कति प्रभाबकारी र कति गुणस्तरयुक्त भए होलान र कसरी अनुगमन भईरहेको रहेछ यसले आम प्रश्न उठाएको छ । यस बिषयमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्यायले पर्खाल भत्केको बिषयमा जानकारी नभएको बताए ।


पाँच लाखमा निर्माण भएको हो र योजना म आउनुभन्दा अगाढी छनौट भएको थियो र भुक्तानी मेरै पाला गरिएको छ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने कसरी भत्केछ आज हेर्न आउछु । भत्केको क्षेत्रभएर सयौं पटक नगरपालिकाका जनप्रतिनिधी देखि कर्मचारीहरु हिडिरहेका हुन्छन तर जवाफ गैर जिम्मेवार आउछ कसरी स्थानीय जनता सन्तुष्ट हुन्छन होला ।
अमरगढी नगरपालिका भित्रका कयौं योजनाहरुमा बिबाद हुँदा लामो समय देखि काम प्रभाबित भईरहेका छन । तुफानडाडा प्रशासन सडक निर्माण कार्यमा बिबाद देखिएको छ । बिबादका कारण सडक निर्माणको काम अबरुद्ध हुँदा सर्बसधारणलाई उक्त सडकमा हिडडुल गर्न निकै सास्ती छ तर नगरपालिकाको चासो भने देखिएको छैन । नगरपालिकाभित्रका कतिपय योजनाहरु गुणस्तरहिन रहेका छन भने कतिपय योजनाहरु सम्पन्न हुन सकीरहेका छैनन तर कागजमा सम्पन्न भएको देखिनमा आएका छन । जनताहरुले जनप्रतिनिधी आएपछि बिकास निर्माणमा फड्को मार्छ र शुसासन,भ्रष्टाचार रहित समाज बन्छ भन्ने थियो । ठिक उल्टो जहीतही भद्रगोल र भ्रष्टाचारको बिगबिगी र जनप्रतिनिधी र कर्मचारी मिलेर राज्यको बजेट दोहन गर्ने नियतबाट समाज अघि बढीरहेको देख्न सकिन्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।