Amargadhi Post

अस्पताल सुधारका लागि बजेट विनियोजन

अमरगढी रैबार सम्बाददाता
हेटौंडा । वाग्मती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ का लागि सो अस्पताल सहित प्रदेश अन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार धुलिखेल सामुदायिक अस्पतालमा रु ५० लाख, राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखुमा रु ३० लाख, नेशनल किड्नी सेन्टर वनस्थली काठमाडौंमा रु ३० लाख, नेपाल कुष्ठरोग निवारण संघ दक्षिणकालीमा रु ३० लाख, हेटौँडा सामुदायिक आँखा अस्पतालमा रु ३० लाख र मनमोहन समुदायिक अस्पताल स्वयम्भुमा रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, मन्त्रालयले मकवानपुर, नुवाकोट तथा भक्तपुरका अस्पताललाई न्यूनतम सेवा मापदड सुधार गर्नेतर्फ रु २५–२५ लाख बजेट विनियोजन गरेको छ । साथै कोरोना सङ्क्रमण नियन्त्रण प्रयोगशाला उपकरण खरिद गर्नका लागि रु एक करोड बजेट छुट्याइएको छ भने वाग्मती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनासमेत बनाइएको छ ।

प्रदेश सरकारले चालू आव २०७७र७८ मा हेटौँडा अस्पताललाई ३०० श्ययाको क्षमतामा स्तरवृद्धि गर्ने जनाएको छ । साथै भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १००र१०० श्यया क्षमताको विष्टिकृत सेवासहितको अस्पताल निर्माण गर्ने, धादिङ र चौतारा अस्पताललाई ५०र५० श्यया क्षमताको अस्पताल बनाउने तथा रामेछाप र रसुवा अस्पतालाई २५र२५ श्यया क्षमताको अस्पताललाई स्तरोन्नति गरिने छ ।

साथै मन्त्रालयले स्वास्थ्य सेवातर्फका विभिन्न पदमा प्राविधिक स्वास्थ्य पदका लागि मागसमेत गरेको छ । स्थानीयबासी समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा प्रदेशको राजधानी भए पनि गम्भीर बिरामीलाई उपचार गर्न हेटौँडा बाहिर पठाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।