अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,३१ गते । गन्यापधुरा गाउपालिका वडा नं। १ मा रहेका ४ जना अनाथ बालबालिकाहरुलाई डडेल्धुराका युवाहरुले सहयोग गरेका छन् ।
शनिबार गन्यापधुरा गाउपालिका वडा नं ं.१ सुन्नमा रहेका ४ जना दलित बालबालिकाहरुलाई विद्यालय पोशाक लगायत अन्य सामाग्री सहयोग गरेको डडेल्धुराका युबा समाजसेबी भरत मल्लले जानकारी दिए ।
आमाले आत्म हत्या गरेको र बुवा जेल परेको र करिब ७० वर्षिय हजुरआमासंग रहेका १६ वर्षीय शान्ती कामी,१४ वर्षीय डम्बर कामी,११ वर्षीय गोविन्द कामी र ८ वर्षीय निर्मला कामीलाई जिल्लाको अजयमेरुका युवाहरु भरत मल्ल, हरि भण्डारी, गोविनद भट्ट, रतन ऐर र काजि भट्टले घरमै गई सहयोग गरेका हुन ।
शान्ती कामीले विद्यालय जान छोडेको र डम्बर कामी कक्षा सात, गोविन्द कामी कक्षा तीन र निर्मला कामी कक्षा दुईमा अशिग्राम मावि रौनाकोटमा अध्ययन गरिरहेका छन् ।

शनिबार गन्यापधुरा गाउपालिका वडा नं १ का अध्यक्ष चेतराम भट्टको रोहबरमा जयमेरुका युवाहरुले कापी कलम, जुत्ता चप्पल र विद्यालय जाने पोशाक वितरण गरेका छन् ।
गन्यापधुरा गाउपालिकाका असिस्टेन्ट सब इन्जिनियर अंकिलाल भट्टको संयोजनमा अनाथ वालबालिकाहरुलाई सहयोग गरेको भरत मल्लले बताए ।
आमाले आत्म हत्या गरेको करिब ७÷८ वर्ष भएको र बुवा बलात्कार केसमा जेल गएपछि ति बालबालिकाहरुको विचल्ली रहेको थियो । वडा कार्यालयले पनि अनाथ अवस्थामा रहेका बालबालिकाहरुका लागि सहयोग गर्दै आएको वडा अध्यक्ष चेतराम भट्टले बताए केही महिना अघि ५० केजी चालम उपलब्ध गराएको र आईतबार असाउन ३१ गते पनि ५० केजी चालम वडा कार्यालयले दिन लागेको समेत अध्यक्ष भट्टले बताएका छन ।
