Amargadhi Post

एक हप्ते अल्टिमेटम ः अस्पतालबाटै गायब भयो स्वास्थ्य सामग्री

गायब गर्नेमाथी शक्त कारबाही हुन्छ ः अध्यक्ष ओझा

मानबहादुर साउद
डडेल्धुरा,भदौ,६ गते । डडेल्धुरा अस्पताललाई सामाखुसी लायन्स क्लब काठमाण्डौले अमरगढी लायन्स क्लबमार्फत उपलब्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न नपाउदै हराएपछि खैलाबैला मचिचएको छ । अस्पताल परिसर भित्र पुगेको स्वास्थ्य सामाग्री कसरी गायब भयो भन्दै लायन्स क्लब डडेल्धुराका पदाधिकारीहरुले खोजतलास सुरु गरेपछि एक हप्ता भित्र सामाग्री खोज्नका लागी अस्पताललाई अल्टीमेटम दिएको छ ।
२० देखी २५ लाख पर्ने एसएनसियु हस्तान्तरण नहुदै गायब भएपछि अमरगढी लायन्स क्बल डडेल्धुराले उक्त सामाग्रीको खोजि गर्दा अस्पतालकै कर्मचारीको प्रत्यक्ष संलग्नतामा गायब गरिएको आरोप लगाएको छ ।

अमरगढी लायन्स क्बल १९र२० का अध्यक्ष अमर पुनले अस्पतालमा उक्त सामाग्रीका बारेमा पटक पटक बुझ्न खोज्दा अस्पतलाका निमित्त मेसु जगदीश चन्द्र विष्टले हप्काएर पठाउने गरेको समेत खुलासा भएको छ । धनगढीबाट ११ कार्टुन एसएनसियुको सामाग्री डडेल्धुराकै स्थानीय गाडी साहु पवन ठकुराठीको म १ख ७६० नम्बरको पिकअप सिङ्गल क्याप जिपमा ल्याएर २०७६ मंसिर ४ गते डडेल्धुरा अस्पतालमा पुर्याईएको र डडेल्धुरा अस्पतालका तत्कालिन स्टोर किपर नजराज जोशीले सामाग्री बुझेको दाबी गरिएको छ ।
नवराज जोशीले उक्त सामाग्री बुझेर अस्पतालकै परिचर राईसिह धामी र एम्बुलेन्स चालक पाठकले उक्त सामाग्री गाडीबाट अनलोड गरेको कुरा समेत बाहिर आएको छ ।

अस्पतालका मेसुले उक्त सामाग्री डडेल्धुरा अस्पताल परिसरभित्र आउदै नआएको पटक पटक दावि गरिरहदा डडेल्धुराका स्थानीय गाडी मालिक ठकुराठीले अस्पतालमा सामान अनलोड गर्दा आफुसंग रहेको सामाग्रीको रसिद समेत नवराज जोशीलाई बुझाएको बताए पछि अस्पतालकै कर्मचारीको संलग्नतामा सामाग्री गायब गरिएको प्रष्ट भएको छ । ढुवानी गर्ने गाडी मालिक ठकुराठीले सामान अनलोड गर्नमा आफुले पनि सहयोग गरेको र समान ढुवानीमा अस्पतालका परिचर राइसिह धामी र एम्बुलेन्स चालक पाठकले गरेको पटक पटक बताउदै आएका छन् ।

डडेल्धुरा अस्पतालका मेसु डा.जगदीश चन्द्र विष्टले अस्पतालमाथी सामान गायब गरेको आरोप लागि रहदा छानविन गर्नुको सट्टा सामाग्री अनलोड गर्ने कर्मचारीका पक्षमा वकालत गरि अस्पतालको गल्तीलाई ढाकछोप गर्ने कार्यले सामाग्री गायब गर्नेमा मेसुको पनि प्रत्यक्ष संलग्नता रहेको देखिएको छ ।

भदौ ३ गते लायन्स क्बल डडेल्धुराका पदाधिकारीसंग छलफल गर्दा गायब भएको सामाग्रीको प्रमाण खोज्ने मेसुले अन्तमा २ दिनको समय किन मागेका थिए ? भदौ ४ गते लायन्स क्बल,संचारकर्मी र डडेल्धुरा प्रशासनविच भएको छलफलमा मेसुले किन फेरी ७ दिनको म्याद मागे ? मेसु र कर्मचारीको संलग्नता नभएको भए किन अमरगढी लायन्स क्लबसंग सामाग्री खोज्ने विषयमा पटक पटक समय माग्नु परेको थियो ? भदौ ४ गतेको छलफलमा नवराज जोशी र राईसिह धामीलाई संचारकर्मी र लायन्सका पदाधिकारीको दवाव पछि मात्रै छलफलमा उपलब्ध गराईयो यसको जवाफ अस्पताल प्रशासनले दिनुपर्छ ।

छलफलमा राईसिहले राम्रो संग आफुलाई याद नभए पनि सानो सानो सामाग्री गाडीबाट बोकेको स्विकार गरेका छन् । छलफलका क्रममा संचारकर्मी र लायन्सका पदाधिकारीहरुले गरेका प्रश्नहरुमा तत्कालिन स्टोर किपर जोशीको बनावटी कुराहरु प्रष्ट थिए । कर्मचारीहरुको संलग्नतामा सामाग्री गायब नभएको भए स्टोरमा सामाग्री हेर्ने भन्दै किन सात दिनको समय माग गर्र्यो अस्पताल प्रशासनले ?

डडेल्धुरा अस्पतालका मेसु जगदीश चन्द्र विष्टको प्रत्यक्ष संलग्नतामा लायन्स क्बले उपलब्ध गराएको एसएनसियुको सामाग्री गायब गरिएको अमरगढी नगरपालिका वडा नंं ३ का अध्यक्ष गोविन्द बोहराले बताए । उनले भने छलफलमा मेसुको प्रस्तुत हुने शैलीबाटै थाहा हुन्छ सामाग्री गायब गर्नुमा मेसुको हात रहेको छ ।

डडेल्धुरा अस्पतालकै एक जना कर्मचारीले भने एसएनसियुको विषयमा सामाचार बाहिरीएपछि अस्पताल प्रशासनका केही कर्मचारीहरुहरुमा कानेखुशी बढ्न थालेका बताएका छन् ।
सामाग्री अनलोड गर्दा संलग्न गरेका कर्मचारीहरुले बोल्ने आवाज वनावटी र एकै किसिमको हुदा अस्पताल प्रशासनले ति कर्मचारीहरुलाई पनि सामाग्रीबारे थाहा नभएको बोल्नका लागि स्कुलिङ भएको कुरा समेत बाहिरीएको छ ।

छलफलका क्रममा डडेल्धुरा अस्पतलाका मेसु विष्टले विना प्रतिस्पर्धा कर्मचारी भर्ना गरेको विषय पनि उठेको थियो तर मेसु विष्टले कर्मचारी राख्ने आर्थिक रकम भएको र राख्ने अधिकार आफुसंग भएकोले राखेको गैर जिम्मेवार अभिव्यक्ति समेत दिएका थिए ।
संचारकर्मीसहितको छलफलमा डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले हराएको सामाग्री एक हप्ताभित्र खोजी सार्बजनिक गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि छलफल टुङिगएको थियो । अस्पतालका लागी आएको सामाग्री कसले र कहा गायब भयो यसको बिषयमा गहिरो छानबिन गरिने र दोशी भेटिए कानुनी कारबाही हुने अध्यक्ष ओझाले प्रतिबद्धता जाहेर गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।