डिभिजन बन कार्यालय डडेल्धुराले आलिताल गाँउपालिकालाई माग्यो स्पष्टीकरण
सडकका नाममा अन्धाधुन्द रुख काट्दा कहाँ हरायो स्थानीय सरकार ?
मानबहादुर साँउद
डडेल्धुरा,भदौं,६ गते । आलिताल गाँउपालिका अध्यक्ष बलबहादुर गुरुङ केही दिन अघि गाँउपालिकासंग सम्बन्धित समाचार प्रकाशन भएपछि एक स्थानीय पत्रकारलाई धम्काएर चर्चामा आएका थिए । त्यो चर्चा सेलाउन नपाउदै फेरी आलिताल गाँउपालिकाको गोदाम बजार देखि डोला गाँउसम्म जोड्ने चक्रपथ सडक निर्माणका क्रममा भएको ब्यापक रुख कटानीका बिषयमा चर्चा परिचर्चा चलेका बेला गाँउपालिकाको नेतृत्वले कुनै प्रतिकृया नदिएपछि स्वयमको कतै संलग्नता त थिएन भनेर फेरी अर्काेढगंले गुरुङको चर्चा चलेको छ ।
आलिताल गाँउपालिकाको सम्पुरक कोष अन्र्तगत गोदाम बजारदेखी डोला गाँउ जोड्ने सडक क्षेत्रमा व्यापक रुखहरु कटानी भई तस्करी भईरहेको उजुरी डिभिजन बन कार्यालयमा परेपछि ११० थान गोलिया सहित दुईजनालाई डिभिजन बन कार्यालय डडेल्धुराले शुक्रबार पक्राउ गरि अनुसन्धान थालेको छ ।
चक्रपथ सडक निर्माणका नाममा यति ठुलो बन फडानी हुदा सम्म स्थानीय सरकार के हेरेर बसेको थियो आम नागरिकले जवाफ खोजेका छन । बाताबरणीय प्रभाब मुल्याकन गर्नुपर्ने र डिभिजन बन कार्यालयबाट कटानी आदेश लिनुपर्ने कानुनी ब्यबस्था भएपनि यसलाई लत्याएर निर्माण कम्पनी र स्थानीय सरकारको खुलेयाम दादागिरी रहेको नेकपाका नेता पदम जोशी (बिप्लब)ले बताउनुभयो ।
सडक निर्माण गर्दा रुखहरु भएको ठाँउमा इआई गर्नुपर्ने कानुनी ब्यबस्था छ तर ११० वटा रुख काट्दा सम्म स्थानीय सरकार मौन हुनुको कारण उसको मिलोमतो प्रष्टसंग देखिन्छ नेता जोशीले भने— घटनाको मुख्य अभियुक्त माथी अबिलम्ब कारबाही हुनुपर्छ ।
चक्रपथ सडक संग जोडिएको रजनी सामुदायिक बनका अध्यक्ष गोपालसिह धामी र घटनास्थलमै काठका गोलिया सम्याउदै गरिरहेका स्थानीय श्याम दासलाई डिभिजन बन कार्यालयको टोलीले पक्राउ गरि हिरासतमा लिई थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालयका निमिक्त डिभिजन प्रमुख डबलबहादुर बोहराले अमरगढी रेबार संगको टेलिफोन संम्बादमा बताउनुभयो ।
सडक निर्माणका नाममा रुख काट्नुपर्ने अबस्था आए इआई गराउनुपर्छ त्यसपछि मात्रै डिभिजन बन कार्यालयले कटानी आदेश दिन्छ र काम अघि बढ्छ डिभिजन प्रमुख बोहराले भने— आलिताल गाँउपालिकालाई शुक्रबार नै सडकका नाममा कसरी रुख काटिए ? एआई गरिएको हो की होइन यस बिषयमा यथासिघ्र जानकारी गराउन परिपत्र गरिएको छ ।
शुक्रबार गाँउपालिकाका नाममा पत्र काटेका छौ र आज शनिबार भयो भोली आईतबार बिदा छ र सोमबार सम्म पत्रको कसरी जवाफ आउछ त्यसै अनुसार डिभिजन बन कार्यालय अघि बढ्ने निमिक्त डिभिजन प्रमुख बोहराको भनाई छ ।
सडक निर्माणको निहुँ पारेर करिब दुईहजार क्युफिट भन्दा बढी काठ काटिएको र केही थान गोलियाहरु भेटिए पनि अन्य काठ लुकाई छिपाई राखेको हुनसक्ने आशंकामा ब्यापक खानतलासी भईरहेको छ ।
गोदाम बजारदेखी डोला गाउ जोड्ने सडक करिब १ करोड ४५ लाखको बजेट मध्ये ७७ लाखमा उग्रतारा कन्सट्रक्सनको ठेक्का सदर भई २०७७ पुस मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्नेगरि सम्झौता भएको छ ।
यसरी सडक निर्माणका नाममा ब्यापक बन फडानी हुदा सम्म नत सम्बन्धित वडा कार्यालयहरुले मुख खोलेका छन नत गाँउपालिकाको नेतृत्वले यस बिषयमा स्पष्ट पारेको छ । डिभिजन बन कार्यालयको मातहत रहेको सेक्टर बन कार्यालय आलितालको घरेलुमा कार्यालय भएपनि उसको समेत ध्यान नजानुले घटना रहश्यमयी बनेको छ ।
लोकतन्त्रमा कानुन र बिधी सम्मत चल्छ तर यहाँत लोकतन्त्रको धज्जी उड्ने गरि काम भएको छ तर तिनीहरुलाई कानुन लाग्छ की लाग्दैन आम नागरिकको प्रश्न छ । संघिय ब्यबस्थामा सिहदरबारको अधिकार गाँउसम्म पुग्यो भन्नेहरुलाई गतिलो झापड दिएको छ सिहदरबारको अधिकार होईन भ्रष्टाचार र बेथिती पुग्यो नपत्याए यस्ता दर्जनौ घटनाहरु छन । सडक निर्माण गर्नु आबश्यक होला तर स्थानीय सरकारले कानुनी प्रक्रिया अबलम्बन गर्नुपर्छ की पर्देन स्थानीय नागरिक अगुवा बलबहादुर महराले भने— अरुलाई कानुन पढाउने अनि आफु चाही कानुन भन्दा माथी हुने छुट संबिधानले कसैलाई दिएको छैन ।
घटनामा जो सुकै संलग्न हुन तिनीहरुलाई कानुनको कठघरमा उभ्याउनु पर्छ महराले भने— सडकका नाममा गैर कानुनी ढंगबाट रुख कटानी गर्ने अधिकार कसैलाई छैन कानुनी कारबाहीको भागेदार हुनुपर्छ । सानालाई ऐन ठुलालाई चयन हुने ब्यबस्था होईन । कानुनको नजरमा सबै समान हुन घटनाको बास्तबिक छानबिन गरि दोशीउपर कानुनी कारबाही हुनुपर्छ दण्डहिनता र अराजकताको अन्त्य गरिनुपर्छ यही नै लोकतन्त्रको सबल पक्ष हो ।
