Amargadhi Post

डोटीको पूर्वीचौकीमा जीप दुर्घटना हुदा १२ जना घाइते

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा । डोटीको पूर्वीचौकीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । पूर्वीचौकि गाउँपालिका–१ श्रीमा भन्ने स्थामा जीप दुर्घटना भएको हो ।

धनगढी बाट अछामका लागि छुटेको से १ ज १०६६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको डोटी प्रहरीले जनायो ।

घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । सडकमा घुम्तिका कारण जीप दुर्घटनाको भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

दुर्घटनामा परि अछामको मेल्लेख गाउँपालिकाका दानी टमटा, रूपबहादुर खड्का, राजेन्द्र बम, धनबहादुर शाह, नरबहादुर रावल, कमला खड्का, दानसिँह टमटा, सपना टमटा, मनसारा टमटा, संकर टमटा, पारस टमटा घाईते भएको डीएसपी मल्लले बताए ।

घाइते मध्ये दानसिंह टमटाको अवस्था गम्भीर रहेको छ । जीपमा १४ जना सवार रहेको बुझिएको छ । चालक सम्पर्कमा छैन्न । उनको खोजी कार्य जारी छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।