अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,२६ गते । कुलमानको पक्षमा नेपाल बिद्यार्थी संघ डडेल्धुराले प्रदर्शन गरेको छ । नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ्ग दोहरिनु पर्ने भन्दै नेवि संघले बिहिबार जिल्ला सदरमुकाम बागबजारमा प्रदर्शन गरेको छ ।
राष्ट्रिय झण्डा बोकी बिद्यार्थीहरुले नेविसंघ के भन्छ रु नेपाली जनता के भन्छ रु कुलमान घिसिङ्ग ल्या भन्छ । भ्रष्ट सरकार होसियार भन्दै प्रदर्शन गरेको हो ।
उज्यालो नेपाल अभियान अन्तरगत नेपाल लाई नविकरणिय उर्जामा आत्म निर्भर बनाउने आदरणिय व्यक्तित्व कुलमान घिसिङ लाई पुनः प्राधिकरणको निर्देशकमा नियुक्त गराईयोस भनेर सरकार लाई दवाव दिन प्रदर्शन गरिएको स्ववियु सभापती एवं नेविसंघ नेता जगत ऐरले बताए ।
हामिले कागजि व्यवस्था मा हैन, नेपालको अवस्थामा परिवर्तन खोजेका छौ । उनले भने, अन्धकार लाई मुक्त गर्ने उज्यालोका प्रतीक हुन कुलमान घिसिङ्ग । नविकरणिय उर्जामा आत्मनिर्भर बन्न र हजारौ युवा लाई रोजगारि प्रदान गर्न कुलमान घिसिङ्ग लाई सरकारले एक पटक फेरि विद्युत प्राधिकरणको कार्यकारीमा नियुक्त गरिएयोस भनेर नेविसंघ डडेल्धुराले सदरमुकाममा प्रदर्शन गरेको हो ।
