लक्ष्मी ऐर
डडेल्धुरा,असोजं,२२ गते । डडेल्धुराको डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालको प्रशासन शाखामा कार्यरत कर्मचारीमा बिहिबार कोरोना संक्रमण देखिएको अस्पतालका मेसु डा.जगदिश विष्टले पुष्टि गरेका छन ।
उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा सुचारु नै रहने मेसु विष्टले जानकारी दिएका छन । संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको ५ दिनपछि स्वाब संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ ।
अहिले संक्रमित होम आइसोलेनमा बसिरहेका छन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको स्वंय ती कर्मचारीले बताएका छन । डडेल्धुरा सदरमुकामको अमरगढीमा दुईजना कर्मचारी सक्रमित देखिएका छन ।
