मानबहादुर साँउद
डडेल्धुरा,मङसिरं,६ गते । नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश इन्चार्च एबम (नेकपा)का स्यायी कमिटी सदश्य डा.भीम रावलले पार्टी फुट्ने हल्ला निराधार भएको र कुनै पनि हालतमा पार्टी फुट्न नदिईने बताउनु भएको छ । डडेल्धुरामा भएको कार्यंकर्ता भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्नुहुदै नेकपाका प्रभाबशाली नेता एबम पुर्ब उपप्रधान मन्त्री रावलले आज पार्टीभित्रको अन्र्तबिरोध चुलिएपनि पार्टी बिभाजन भने कुनै हालतमा पनि हुन नसक्ने बताउनुभएको छ ।
तिहारको पुर्ब सन्ध्यामा गृह जिल्ला अछाम आउनु भएका नेता रावल राजधानी फर्किने क्रममा आज डोटी र डडेल्धुरा जिल्लामा पार्टिले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुलाई सम्बोधन गनुहुदै उहाँले पार्टि बिभाजनलाई रोक्न आफुहरुको प्रयास सार्थक हुने दाबी गर्नुभएको छ ।
पछिल्लो केही सयमयता पार्टि भित्रको बिबाद निकै पेचिलो भई उठीरहेको भएपनि पार्टि कमिटिहरुबाटै समस्याको समाधान गरेर अघि बढ्नेमा आफु बिश्वस्त रहेको बताउनु भएको छ ।
पाटि फुट्छ भन्दै हिड्नेहरु र समस्यालाई समाधान गर्न नदिने जो सुकै ब्यक्ति र पात्रहरुको सपना साकार हुन दिदैनौ नेता रावलले भने— पार्टि भित्रको बिबादलाई बैठक,छलफल र संम्बादबाट हल गरेर अघि बढ्नेमा दृढ बिश्वास ब्यक्त गर्नुभयो ।
राष्ट्रिय अन्र्तराष्ट्रिय शक्तिहरु कम्युनिष्टको सत्ता,सरकार र पार्टि एकता भएकोमा छटपटी भईरहेको बेला पार्टि भित्रको यो बिबादलाई अब चर्काउन नहुने र जेजती समस्याहरु आएका छन,समाधान गर्नुको बिकल्प नरहेकोमा जोड दिनुभएको छ । पार्टि भित्रका टुटफुटको श्रंखलाबाट आजित छौं र भुक्तभोगी छौं त्यसैले नेतृत्व सम्बेदनशिल छ हामी जिम्मेवार छौं र बिगत नदोहोरिने प्रतिबद्धता समेत नेता कार्यकर्ता माझ उहाले ब्यक्त गर्नुभयो ।
पार्टीका विषयमा विभिन्न कोणबाट अनेक अड्कलबाजी गरिएको र भ्रम फैलाउने काम भएको भन्दै नेता रावलले पार्टी एकता जोगाउन सम्पूर्ण कार्यकर्ता पक्ति एकजुटहुन समेत आग्रह गर्नुभएको छ ।
