अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,माघ,३ गते । संसद विघटन विरुद्ध कांग्रेसले शनिबार सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ । डडेल्धुराका सात वटै स्थानिय तहमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध कांग्रेसले शनिबार विरोध प्रदर्शन गरेको कांग्रेस डडेल्धुरा सभापती एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए । डडेल्धुराका दुई वटा नगरपालिका र पाँच वटा गाउपालिकामा विरोध प्रदर्शन भएको उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार अपिल जारी गर्दै संसद विघटन विरुद्ध देशका सबै ७५३ स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।
यसअघि कांग्रेसले प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । ‘संसद विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको छ,’ भागेश्वरको रुपालमा कांग्रेसको विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै कांग्रेस नेता रघुवर भट्टले , ‘जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस उत्रिएको हो ।’
