Amargadhi Post

सातवटै प्रदेशमा निर्वाचन कार्यालय उद्घाटन

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,१८ गते । निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयानुसार सातवटै प्रदेशमा प्रदेश निर्वाचन आयोगका कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैंले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भइ आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

उद्घाटन भएका नयाँ प्रदेश कार्यालयमा उपसचिवको नेतृत्वमा नौ जना कर्मचारी रहनेगरी छन् । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई नेपालको संविधानबमोजिम संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको बताए ।

यसरी स्थापित कार्यालयहरूबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने उनको विश्वास छ । साथै जिल्ला निर्वान कार्यालयहरूको काम कामकारबामा पनि प्रभावकारी समन्वय हुने विश्वास थपलियाले व्यक्त गरे ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।