Amargadhi Post

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाब,उपचारमा समस्या

लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख, २२ गते । डडेल्धुरा अस्पतालमा जनशक्तीको अभावका कारण उपचारमा समस्या भएको छ । केही समय यता डडेल्धुरा अस्पतालमा कोरोना भाईरसका विरामीको संख्यामा वृद्धि भएपछि जनशक्तिको अभाब देखिएको हो ।
अस्पतालमा अहिले क्षमता भन्दा पाँच गुना बढी कोरोना भाईरस संक्रमितहरुको उपचार भईरहेको छ । एक जना विरामीका लागि एक जना नर्सीङ हुनपर्ने हुन्छ तर डडेल्धुरा अस्पतालको आईसीयुमा पाँच जना मात्रै नर्सीङ रहेका छन् ।
अस्पतालमा अहिले २५ जना सक्रिय कोरोना संक्रमितको उपचार भईरहेको छ । पाँच जना नर्सीङमा पनि केही मात्रै दक्ष रहेको डडेल्धुरा अस्पतालले जनाएको छ । आईसीयुमा उपचार गराईरहेका विरामीका लागि २४ सै घण्टा स्वास्थ्य कर्मीको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । भएका नर्सीङमा पनि कोही कोरोना संक्रमित हुँदा उपचारमा समस्या आउन सक्ने भएकाले समयमा जनशक्तीको व्यवस्थापन गरिदिन अस्पतालले आग्रह गरेको छ । नर्सीङ मात्रै नभई विषय विज्ञ चिकित्सकको समेत अभाव भएको अस्पतालका निमिक्त मेसु जगदिशचन्द्र बिष्टले जानकारी दिनुभयो ।
अस्पताल बिकास समितिले एक सुचना जारी गर्दे अध्यन बिदामा बसेका कर्मचारीहरुलाई काममा फर्कन आह्वान गरेको छ । अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले जारी गरेको सुचनामा बिदामा बसेका कर्मचारीहरु र अध्यनबिदामा बसेका सबै कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा फर्कन २४ घण्टे सुचना जारी गरेको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।