लक्ष्मी ऐर
डडेल्धुरा,जेठ ,३१ गते । डडेल्धुराका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको छ । सामबार जिल्लाका ३५ परिवारलाई हिमानी कोषले राहत वितरण गरेको हो ।
ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई हिमानी कोष मार्फत राहत वितरण गरिएका जिल्ला शाखा डडेल्धुराका संयोजक बिमल जैरुले बताउनुभयो । अमरगढी नगरपालिका– २, ४ र ५ नम्बर वडाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको हो ।
राहतमा चामल, दाल, नुन, तेल, आलु र अण्डालगाएतका खाद्य सामाग्री वितरण संयोजक जैरुले बताउनुभयो । राहत पाएपछि विपन्न र ज्याला मजदुरी गर्ने परिवारले खुसी व्यक्त गरेका छन । उनीहरूले कोभिडले साझ–विहान हात मुख जोर्न समस्या भएको अवस्थामा राहत वितरण गरेकोमा हिमानी कोषलाई धन्यवाद व्यक्त गरेका छन । कोबिड १९ को दोश्रो महामारीका बेला यसरी राहत बितरण भएको सम्भबत ः यो पहिलो घटना नै हो ।
