Amargadhi Post

२४ घण्टामा ४०२० डिस्चार्ज स् २६ सय ६८ संक्रमित थपिए

काठमाडौं ,असार,४ गते । पछिल्लो २४ घण्टामा चार हजार २० जनाले कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ४९ हजार ६८२ पुगेको छ।

त्यसैगरी मन्त्रालयका अनुसार २४ घण्टामा २७ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ। मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये २४ हजार ८६१ ज्नामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४४ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६४१ पुगेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।