Amargadhi Post

शेरबहादुर देउवाज्यू, अब पार्टी नयाँ पुस्तालाई सुम्पिनुहोस्

अर्को पुस्तालाई नेतृत्व सुम्पने साहसले तपाईंलाई अब दुई–तीनचोटि प्रधानमन्त्री बनेर पाउने सफलताभन्दा कैयौँ ठूलो सफलता दिनेछ

प्रिय शेरबहादुर देउवाज्यू, नमस्कार १

मिलन पाण्डे
नेपाली कांग्रेसकै इतिहासको एउटा महत्वपूर्ण घटनाबाट सुरु गर्छु । ०५१ साल साउन २२ गते कांग्रेसमा एउटा मोड आयो ९दलीय द्वन्द्व–पेज १२६ र १२७० । शीर्ष नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि चुनाव नलड्ने सर्तमा केन्द्रीय समिति बैठकले लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्ने निर्णय गर्‍यो । यो निर्णयमा कोइरालासहित सबै नेताले सहमति जनाए । नेताहरूले व्यक्तिगत त्याग गरेर पार्टी जोगाउने नीति लिएको आभास भयो । कांग्रेसको किचलो अन्त्य हुनुका साथै नयाँ पुस्तामा नेतृत्व जाने भयो भन्ने चर्चा हुन थाल्यो । तर, यो सहमतिविरुद्ध भोलिपल्टै कोइरालाले चुनाव लड्नुपर्छ भनेर बालुवाटारमा कार्यकर्ताको नारा लाग्यो । कोइरालाकै रणनीतिअनुरूप यो सबै भएको अनुमान गरियो ।

कोइरालाकै आह्वान्मा दुई दिनपछि कांग्रेसको ‘विशेष भेला’ बोलाइयो । भेलाले चुनाव लड्न पाउनु नैसर्गिक अधिकार हो भन्दै साउन १२ गतेको निर्णय उल्ट्यायो, फलस्वरूप कांग्रेस विवाद झन् चुलियो । कोइराला मोरङ अनि सुनसरीबाट चुनाव लडे भने भट्टराई, निधि र सिंह लडेनन् । यही घटनाबाट असन्तुष्ट बनेका सिंहले ०५१ भदौ ३१ गते पार्टी परित्याग गरे । यो निर्णयबाट कांग्रेसले दुइटा कुरा गुमायो– पहिलो, पार्टीको सर्वोच्च नेता र दोस्रो, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको अवसर । यो घटनासँगै कांग्रेसले आफूलाई नयाँ युगमा प्रवेश गराउने महत्वपूर्ण अवसर गुमायो ।

शेरबहादुर देउवाज्यू, आज कांग्रेसको राजनीति फेरि त्यस्तै ऐतिहासिक मोडमा उभिएर आफ्नो सभापतिलाई टुलुटुलु हेरिरहेको छ । केही दिनअघि आफूनिकटका केही नेताहरूसँगको छलफलमा तपाईंले आफू पुनः सभापतिमा उठ्ने बताउनुभयो । सभापति उठ्न पाउने कि नपाउने भन्ने प्रश्न हुँदैहोइन । उठ्न पाउने । यो नितान्त तपाईंको अधिकार हो, रोजाइ कांग्रेसजनकै हो । तर, लोकतन्त्रमा विधिसँगै विवेकको पनि उत्तिकै महत्व हुन्छ । राजनीतिक जीवनमा कहिलेकाहीँ यस्तो अवसर आउँछ, जहाँ अघि बढ्नुभन्दा पछि हट्दा नेतृत्वलाई फाइदा हुन्छ । व्यक्ति पछि हटेर पनि पार्टी अघि बढ्न सक्छ । आज नेपाली कांग्रेसको इतिहासमा तपाईं त्यो स्थानमा हुनुहुन्छ ।

चर्चित पुस्तक ह्वाई नेसन्स फेलका अनुसार कुनै पनि नेताले देशको पटक–पटक नेतृत्व गर्ने अवसर पाए भने पहिलो कार्यकालभन्दा दोस्रो, दोस्रोभन्दा तेस्रो कार्यकालमा प्रदर्शन खस्कँदो हुन्छ । त्यसले राष्ट्रलाई संस्थागत विकास गर्न दिँदैन र त्यो नेतृत्वको व्यक्तित्व पनि तल झर्छ ।

नेतालाई प्रायः म भइनँ भने त संगठन नै बर्बाद हुन्छ कि भन्ने डर रहन्छ । त्यो भावमा संगठनप्रतिको माया पनि मिसिन्छ होला । तर, कहिलेकाहीँ माया यस्तो जब्बर बनिदिन्छ कि त्यसले नै संगठनको गति रोकिदिन्छ, पार्टीको नेता नै पार्टीको प्रगतिको बाधक बनिदिन्छन् । अब तपाईंले अर्को महत्वपूर्ण प्रश्नको पनि सामना गर्नैपर्छ, यदि ६ दशक लामो योगदान गरेर पनि तपाईंले आफ्नो उत्तराधिकारी जन्माउन सक्नुभएको छैन भने तपाईं कसरी सफल हुनुभयो रु सक्रिय हुनुपर्ने युवापुस्तालाई निष्क्रिय पारेर, आराम गर्नुपर्ने पुस्ताले नेतृत्व गर्दा संगठनको हित हुँदैन । मान्नुहोस्–नमान्नुहोस्, अब नमरुन्जेल सभापति भइराख्ने प्रथा नेपाली कांग्रेसमा तोडिनैपर्छ ।

शेरबहादुर देउवाज्यू, तपाईंले विद्यार्थीहरूलाई एउटा कार्यक्रममा हप्काउँदै भन्नुभएको थियो, ‘तिमीहरू मजस्तो चारचोटि प्रधानमन्त्री हुन सक्छौ रु’ यहाँनेर तपाईं अपडेट र अपग्रेड हुन जरुरी देखेँ । कुनै व्यक्ति कतिचोटि प्रधानमन्त्री भयो भन्नेले के अर्थ राख्छ र रु अर्थ त कुनै व्यक्तिले देशको नेतृत्व गर्दैगर्दा नागरिकको जीवन सहज बनाउन कस्तो भूमिका खेल्यो भन्नेले राख्छ । धेरैचोटि नेतृत्व गर्दैमा सफल हुने होइन, नेतृत्व गर्दाको प्रभावकारिताले नेताको सफलता–असफलता मापन हुने हो । राजनीति सफा पानी बग्ने खोला हो, फोहोर ढल जम्ने पोखरी होइन । कांग्रेस त्यो खोला बन्छ वा पोखरी, केही महिनाले बताउनेछ ।

चर्चित पुस्तक ह्वाई नेसन्स फेलका अनुसार कुनै पनि नेताले देशको पटक–पटक नेतृत्व गर्ने अवसर पाए भने पहिलो कार्यकालभन्दा दोस्रो, दोस्रोभन्दा तेस्रो कार्यकालमा प्रदर्शन खस्कँदो हुन्छ । त्यसले राष्ट्रलाई संस्थागत विकास गर्न दिँदैन र त्यो नेतृत्वको व्यक्तित्व पनि तल झर्छ । तसर्थ, कांग्रेस सभापतिज्यू, अब तपाईं अर्को पल्ट सभापति भएर पार्टीले पुनर्जीवन पाउन सक्दैन । तपाईंको साख पनि बढ्दैन । त्यसैले यो ‘घाटा’को सौदा नगर्नुहोला । नेतृत्व हस्तान्तरण नै अब तपाईंको राजनीतिक जीवनको सम्मानजनक निकास हो ।

मैले तपाईंले अघिल्लो साढे तीन वर्षअघिको चुनाव हार्नुभयो, त्यही भएर तपाईं असफल हो भनेर भनिरहेको छैन । कम्युनिस्ट एकताले ल्याएको लहर पनि थियो, त्यो निर्वाचन । फेरि एउटा निर्वाचन मात्र पनि निर्णायक होइन । मैले तपाईंसँग विगत तीन दशकको हिसाबकिताब मागेको हो । साथै, यो अधिनायकवादी सरकारले विगत साढे तीन वर्षमा जे ग¥‍यो, त्यसमा तपाईं सबैभन्दा नजिकको साक्षी बन्नुभयो । तपाईं प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो । तपाईंले किन प्रभावकारी भूमिका खेल्न सक्नुभएन रु यो साढे तीन वर्षमा प्रधानमन्त्री मात्र असफल भएका होइनन्, प्रमुख प्रतिपक्षका नेताका रूपमा तपाईं पनि त्यतिकै असफल हुनुभएको हो । प्रभावहीन प्रतिपक्ष बनिरहनु नै कांग्रेसको असफलता हो ।

शेरबहादुर देउवाज्यू, पुस ५ गते लोकतन्त्र र संविधानमै घात हुँदासमेत तपाईंले निर्वाचन भइहाल्यो भने भनेर निर्वाचनको हिसाबकिताब गरेरै होला, खुलेर विरोध गर्न सक्नुभएन । लोकतान्त्रिक पार्टीको सभापतिको रूपमा यो तपाईंको ठूलो असफलता किन नभन्ने रु लोकतन्त्र नै धरापमा पर्दा तपाईंको भूमिका के रह्यो, त्यसको लेखाजोखा कसले गर्ने रु संसद्मा गगन थापाजीको भाषण र विश्वप्रकाश शर्माजीको विज्ञप्तिले बाहेक अन्य केले कांग्रेसलाई जीवित राखेको छ रु शेरबहादुर देउवाज्यू, हिजो सुशीला कार्कीलाई महाभियोग लगाएको, विगत तीन दशकमा संसदीय अभ्यासको मर्म कुल्चेको, सत्ताकेन्द्रित भएर लोकतन्त्रको हुर्मत लिएको तपाईंमाथिका केही आरोप र काण्डबाट मुक्ति पाउन पनि नेतृत्व हस्तान्तरण अब तपाईंका लागि सञ्जीवनी हो ।

केही वर्षअघिको एउटा अन्तर्वार्तामा तपाईंले नेपालमा धेरै विकास भएको छ, गाउँ–गाउँमा बाटो पुगेको छ भन्नुभएको थियो । बाटो पुग्नु मात्र विकास हो भन्ने सोच हामीले कहिले बदल्ने रु आज ती बनेका बाटोमा के गुड्छन् रु गुडेका गाडीले गाउँमा सामान ल्याउँछन् कि गाउँबाट सामान लान्छन् रु यो प्रश्न म कसलाई सोधौँ रु चार–चारपटक प्रधानमन्त्री बनेर देश हाँकिसक्नुभएको नेतालाई मैले प्रश्न सोध्ने कि नसोध्ने रु त्यही अन्तर्वार्तामा तपाईंले नेपालमा अक्सफोर्ड विश्वविद्यालय कहाँबाट ल्याउने भनेर रिसाउनुभएको थियो । मैले यो देशमा चारचोटि प्रधानमन्त्री भएको र ६ दशकदेखि राजनीतिमा सक्रिय रहनुभएको प्रमुख प्रतिपक्षी दलका नेतालाई, ‘तपाईंले अक्सफोर्ड, हार्वर्डजस्ता विश्वविद्यालय बनाउन कस्तो पहल गर्नुभयो रु’ सोध्न पाउने कि नपाउने रु फेरि भन्छु, लोकतन्त्र ल्याउन तपाईंले गरेको योगदानलाई म सम्मान गर्छु । तपाईंले इतिहास बनाइसक्नुभयो । अब तपाईंको जिम्मा त्यो इतिहास बचाउने हो, त्यसलाई थप गौरवशाली बनाउने हो ।

तपाईं प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो । तपाईंले किन प्रभावकारी भूमिका खेल्न सक्नुभएन रु यो साढे तीन वर्षमा प्रधानमन्त्री मात्र असफल भएका होइनन्, प्रमुख प्रतिपक्षका नेताका रूपमा तपाईं पनि त्यतिकै असफल हुनुभएको हो । प्रभावहीन प्रतिपक्ष बनिरहनु नै कांग्रेसको असफलता हो ।

राजनीतिक रूपमा हेर्ने हो भने त कांग्रेस जति कमजोर भयो, त्यति मैले नेतृत्व गरिरहेको पार्टी विवेकशील साझालाई फाइदा होला । हाम्रो राजनीतिको सान्दर्भिकता बढ्ला । तर, म यो देशको राजनीतिमा कांग्रेस कमजोर भएको जगमा विवेकशील साझा पार्टीलाई उभ्याउन चाहन्न । विवेकशील साझा आफ्नो एजेन्डाको खुट्टामा उभियोस् भन्ने चाहन्छु । हामी कांग्रेससँग एजेन्डामा प्रतिस्पर्धा गर्न चाहन्छौँ । म कांग्रेसको नेतृत्वलाई विकासको मोडेलमा टक्कर दिन चाहन्छु । म हार्वर्ड र अक्स्फोर्डजस्ता विश्वविद्यालय नेपालमा कसरी बनाउने भन्ने योजनामा प्रतिस्पर्धा गर्न चाहन्छु । तर, यी काम गर्न हामीले समग्र राजनीतिमा सुधार गर्न जरुरी छ । कांग्रेस यस्तै रहे केही समय अझै पनि देश यस्तै रहन्छ । विवेकशीलले गर्नुपर्ने काम पनि बढाइदिन्छ । त्यसैले तपाईंहरूको यो महाधिवेशनमा मेरो पुस्ताको स्वार्थ पनि जोडिएको छ ।

शेरबहादुर देउवाज्यू, मैले तपाईंलाई विश्राम लिन अनुरोध गर्दैगर्दा मैले रामचन्द्रजी वा कृष्ण सिटौलाजीलाई अघि सारौँ भनिरहेको छैन । म यो आह्वान तपाईंमार्फत तपाईंको पुस्ताका सम्पूर्ण नेताहरूलाई नै गर्दै छु । केपी ओलीजी वा प्रचण्डजी वा माधवजीबाट पनि अब समाधान आउनेवाला छैन । अब चौतर्फी परिवर्तन आवश्यक छ । त्यो परिवर्तन कांग्रेसले सुरु गर्ने मौका नगुमाओस् भन्ने मेरो अपेक्षा हो । पहिलो पुस्ताकै छत्रछायामा हुर्केको दोस्रो पुस्ताबाट पनि मलाई धेरै आशा छैन । अब राजनीतिले तेस्रो वा चौथो पुस्तामा फड्को मार्न नसक्ने हो भने हाम्रो देशले फड्को मार्न सक्दैन ।

तपाईंलाई नेतृत्व आफ्नै पुस्ताका नेतालाई छाड्न गाह्रो होला, तर तपाईंले पार्टीकै अर्को पुस्तालाई नेतृत्व सुम्पने साहस गर्न जरुरी छ । पार्टीका अन्य नेतालाई छाड्न सक्नुभएन भने आफ्नै गुटकै सक्षम नेतृत्वलाई भए पनि छाड्ने साहस गर्नुहोस् । म त अझ तपाईंलाई आफ्नो गुट पनि भत्काउन अनुरोध गर्छु । अब कांग्रेसलाई यस्तो बनाउनुहोस् कि जहाँ देउवा पक्ष मात्र होस्, सदाका लागि । लेखेर राख्नुहोस्, तपाईंले अब दुई–तीनचोटि प्रधानमन्त्री बनेर पाउने सफलताभन्दा कैयौँ ठूलो सफलता तपाईंलाई यो साहसले दिनेछ । इतिहासको छुट्टै पानामा आफ्नो नाम लेखाउने अवसर तपाईंलाई कुरेर बसिरहेको छ । तपाईं कांग्रेस र देशको इतिहासमा नयाँ पुस्तालाई अघि सार्ने नेताको रूपमा चिनिनुहुनेछ । तपाईंको राजनीतिक जीवन नै सार्थक हुनेछ ।

राजनीतिमा ऊर्जाको महत्व छ । हिजो कांग्रेस बन्दैगर्दा तपाईंको नेतृत्वमा विद्यार्थी संगठनमा तपाईंको ऊर्जा देखेरै हजारौँ युवा कांग्रेसको पछि लागेका थिए । २८ सालको ऊर्जावान् देउवा र ७८ सालको देउवामा फरक छ । युवा हुँदैमा सबै राम्रो हुन्छ भन्ने त छैन, तर युवामा प्राकृतिक रूपमा नै ऊर्जा र नवीनता हुन्छ । यो युगमा राजनीतिले प्रविधिको प्रयोग पनि खोजिरहेको छ । प्रविधिको उच्चतम प्रयोग युवाले भन्दा कसले गर्न सक्छ र रु हो, कांग्रेसले आज खोजी गरिरहेको ऊर्जा, नवीनता, प्रविधि ७८ सालको देउवामा छैन ।

अब पाँच वर्ष तपाईं सभापति हुनुभयो भने गगन थापाहरू, विश्व प्रकाशहरू पनि ५० कट्नेछन् र उनीहरूको जोस पनि ‘बासी’ हुनेछ । पार्टीको नेताको हिसाबले त्यो ऊर्जा र सम्भावनालाई बचाउनु तपाईंको जिम्मेवारी हो । शेरबहादुर देउवाज्यू, तपाईंले छोड्नु भनेको कांग्रेसमा ताजगी आउनु हो । देशभरि पुस्ता हस्तान्तरणको सन्देश जानु हो । प्रदेशमा, निर्वाचन क्षेत्रमा, स्थानीय तहमा पनि नेतृत्व हस्तान्तरण हुनु हो । अरू पार्टीका नेताहरूलाई पनि दबाब पर्नु हो । जसरी ‘डेट एक्स्पायर्ड’ औषधिले निको पार्दैन, बरु उल्टै असर गर्छ, त्यस्तै ‘डेट एक्स्पायर्ड’ नेतृत्वबाट पार्टी र देश पनि सन्चो हुन सक्दैन । देशमा गणतन्त्र आइसकेको छ । यो युग ‘राजा’ र ‘राजकुमार’को युग होइन । शशांक कोइरालाजी, प्रकाशमान सिंहजी र विमलेन्द्र निधिजीहरूले अब आफ्नो बुबाको इतिहासको ब्याजका रूपमा नेतृत्व दाबी गर्न छाड्नुपर्छ । भिजन, नीति, लक्ष्य, कार्ययोजना प्रस्तुत गर्नुपर्छ ।

फेरि, नेता युवा उमेरले मात्र हुने होइन, एजेन्डाले हुने हो । यदि एकजना ७५ वर्षको मानिसले युवाको मुद्दा बुझ्छ र बोक्छ भने ऊ मेरा लागि युवा नेता हो । सामान्यतया नयाँ पुस्ताले नै नयाँ पुस्ताको मुद्दा बुझ्न सक्छ । म नेतृत्व युवामा जानुपर्छ भन्दैगर्दा युवालाई युवा भएकै कारण नेता मानौँ पनि भनिरहेको छैन । योग्यता र क्षमताभन्दा ‘दाइ’हरूको आशीर्वादले नेता बनेका युवा नेताहरूबाट पनि समाधान हुनेवाला छैन । ‘दा’को दौराको फेरो समातेर माथिको नेताले जे भने पनि होमा हो मिलाउने नेतृत्वबाट पनि समाधान आउनेवाला छैन । अब युवाहरू नीतिनिर्माणमै ‘हावी’ हुन सक्ने बन्नुपर्छ । चुनाव लडेर, नेतृत्वमा दाबी गरेर युवा आउनुपर्छ । त्यो साहस युवाले गर्न जरुरी छ । मिडियाको स्रोत बनेर बनेको राजनीतिक हिरोगिरीले मात्र अब राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्दैन । परिआए आफ्नै पार्टीका सिनियर लिडरहरूको अगाडि केन्द्रीय सदस्यबाट राजीनामा ठोकेर आफ्नै नेतालाई लल्कार्न सक्ने साहस बोकेको नेताले नै अबको राजनीति हाँक्न सक्छ । वेला–वेलामा नयाँ पुस्तामा कुनै सोचविचार नभएको भन्ने आरोप पनि लाग्ने गरेको छ । के युवामा कुनै सपना छैन रु के मुर्झाएका सपना फेरि ब्युँझिन सक्दैनन् रु के हाम्रा दलहरूमा नेतृत्व गर्न सक्ने युवाहरू छैनन् रु उत्तर कांग्रेसको महाधिवेशनले दिन सक्नुपर्छ ।

बैंकरका रूपमा काम गरिरहेका म्याक्रोंलाई सन् २०१४ मा अर्थमन्त्रीको जिम्मेवारी दिएपछि फ्रान्सका राष्ट्रपतिको यो निर्णयको आलोचना भयो । २०१६ मा आफूलाई स्थापित गर्ने नेतृत्वकै विरुद्धमा गएर म्याक्रोंले पार्टी घोषणा गरे र २०१७ मा राष्ट्रपतिमा निर्वाचित भए । म्याक्रोंले नुनको सोझो गरेनन्, बरु समुद्रलाई नै लल्कार्ने साहस गरे । नेतृत्व साहस गर्नेले नै गर्ने हो । सबै समाजमा यो लागू हुन्छ । म्याक्रोंले पनि ‘दाइ’को दौराको फेरो समातेर मन्त्रीमा ‍र्‍याल काढेर बसेका भए त्यो इतिहास आज इतिहासै हुन्थ्यो ।

फेरि राजनीति कर्मचारीतन्त्रजस्तो पनि होइन । परीक्षा दिएर बढुवा हुने । उमेर वा समय पुगेपछि पालो आउने । दाइहरू रिसाउलान् कि भनेर डराउने र आफ्नो ठाउँ सुरक्षित गरेर बोल्ने युवाहरूले अब नेतृत्व गर्न सक्दैनन् । बूढा नेताहरू पनि चलाख छन्, युवाहरूलाई भिडाउँछन् । अनि, नेतृत्व गर्छन् । गगन थापाले एउटा अन्तर्वार्तामा आफूले ५५ वर्षको उमेरपछि राजनीति नगर्ने बताएका थिए । उनले आफ्नो राजनीतिक उमेर तोकेर आफैँलाई त चुनौती दिएका छन्, साथै उनले कांग्रेसका नेताहरूलाई पनि चुनौती दिएका छन् । त्यसैले पनि पालो कुर्दाकुर्दै कांग्रेसका गगन थापाहरू, विश्वप्रकाशहरू ‘बासी’ हुनुहुँदैन । उनीहरू ‘बासी’ भएर नेपाली कांग्रेसले ताजगी पाउन सक्दैन । म आज यो देशको प्रमुख प्रतिपक्ष दलको ताजगीका लागि प्रश्न गर्दै छु ।

कांग्रेसलगायत अन्य केही परम्परागत पार्टीहरूमा नयाँ नेतृत्व आउनका लागि संरचनागत बाधाहरू छन् । सभापति हुनका लागि १५ वर्ष क्रियाशील सदस्य हुनुपर्ने, किन रु २५ वर्षको मानिस प्रतिनिधिसभामा जितेर देशको नेतृत्व गर्न सक्छ भने कांग्रेसको नेतृत्व गर्न किन सक्दैन रु १५ वर्ष ‘दाइ’हरूको सेवा गर्नुपर्ने पद्धतिमा एउटा स्वाभिमानी मान्छे कसरी टिक्न सक्छ रु अर्को महत्वपूर्ण कुरा, जबसम्म सबै सदस्यलाई आफ्नो नेता चुन्ने अधिकार दिँदैनौँ, त्यहाँ नेताभन्दा बिचौलिया धेरै हुन्छन् । पहिला नेताले क्रियाशील सदस्य बाँड्ने, अनि त्यही क्रियाशील सदस्यले नेता चुन्ने प्रक्रिया नै युवाविरोधी छ ।

फेरि शेरबहादुर देउवाज्यूमा नै फर्कन्छु, केही दिनअघि केन्द्रीय डेटा सिस्टममा तपाईंको पार्टीमा आठ लाख क्रियाशील सदस्य इन्ट्री भएको थाहा पाएँ । तपाईंको पार्टीमा ६० वर्षमुनिका ७० प्रतिशत क्रियाशील सदस्य रहेछन् । ७५ वर्षमाथिको जम्मा १ प्रतिशत रहेछन् । अब भन्नुस्, त्यही एक प्रतिशतमा रहनुभएको तपाईंले त्यो ७० प्रतिशतको एजेन्डा कसरी बोक्नुहुन्छ रु ७० प्रतिशतलाई प्रतिनिधित्व गर्ने उनीहरूकै उमेरसमूह र विचारसमूहको नेता पाए कांग्रेसले अर्को जीवन पाउन सक्छ । क्रियाशील सदस्यहरूमा ताजगी छ । उनीहरूले ‘बासी’ नेतृत्वका हकदार छैनन् । ती ७० प्रतिशत सदस्यहरूलाई तपाईंले प्रतिनिधित्व गर्न सक्नुहुन्न । तपाईंले नयाँ केही दिन सक्नुहुन्न ।

३४ वर्ष मात्रकी फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन, फ्रान्सका राष्ट्रपति ३९ वर्षीय इम्यान्युयल म्याक्रों, न्युजिल्यान्डमा ३७ वर्षीय प्रधानमन्त्री ज्यासिन्डा आर्डन, बेल्जियममा ३८ वर्षे प्रधानमन्त्री, ग्रिसमा ४० वर्षे प्रधानमन्त्री एलेक्सिस सिप्रास, क्यानडामा ४३ वर्षका प्रधानमन्त्री जस्टिन ट्रुडो, जर्जियाका ४४ वर्षे माग्र्रेलासभिलहरूले संसारको नेतृत्व गरिरहँदा किन हामीले ७५ वर्षे शेरबहादुरज्यूहरूबाट शासित हुनुपर्ने रु

राजनीतिमा मात्र होइन, प्रविधिमा समेत युवाहरूले नै संसार हाँकिरहेका छन् । मार्क जुकरबर्गदेखि नेपालका आइटी कम्पनीका अधिकांश नेतृत्व युवा नै छन् । अमेरिकन बिजिनेस पत्रिका फोब्र्सका अनुसार विश्वका खर्बपतिहरूमध्ये ४० वर्षमुनि ५६ जना छन् । नेपालमै पनि निजी क्षेत्रलाई युवाहरूले नै हाँकिरहेका छन् ।

करिब–करिब ६ दशक लामो राजनीतिक जीवन, चारचोटि प्रधानमन्त्री भएको, जेलनेल बसेको, लामो समय संघर्ष गरेको मानिस, पक्कै पनि धन्यवादको पात्र हुनुहुन्छ । झन् मेरो पुस्ताको निम्ति त थप धन्यवादको पात्र हुनुहुन्छ । तपाईंहरूले त्यो संघर्ष नगरेको भए हाम्रो पुस्ताले गर्नुपर्थ्यो । शेरबहादुर देउवाज्यू, तर अब तपाईं सम्मानसँगै आरामको पनि हकदार हुनुहुन्छ । पूरै जीवन समाज र देशका लागि अर्पेको तपाईंले अब आफ्नो लागि अनि आफ्नो परिवारका लागि समय दिनुपर्छ । तपाईंका पनि कैयौँ सपना होलान् । इच्छा–आकांक्षा होलान् । अब तपाईंले मुर्झाएका ती सपना, इच्छा, आकांक्षाका लागि समय दिनुपर्छ । थप अध्ययन अनि अनुसन्धान गरेर नयाँ पुस्तालाई दिशा देखाउन अभिभावकत्व ग्रहण गर्नुपर्छ । आफ्ना अनुभवहरू साट्नुपर्छ । लेख्नुपर्छ । विश्वविद्यालयमा तपाईंका सिकाइहरूबारे प्रवचन दिनुपर्छ, किताब निकाल्नुपर्छ । आफ्नो पार्टी अनि अन्य पार्टीका युवा नेताहरूलाई मार्गनिर्देश गर्नुहोस् । म मेरो देशको चारचोटि प्रधानमन्त्री भएको नेताबाट यतिचाहिँ अपेक्षा गर्छु ।

देशलाई चाँडो विकास गर्ने हो भने अब नेतृत्व युवाले गर्नुपर्छ । त्यसैले अब पार्टी गगन थापाहरूलाई, विश्वप्रकाशहरूलाई, प्रदीप पौड्यालहरूलाई सुम्पिनुहोस् । सत्ताले मात्र शक्ति दिँदैन । त्यागको चमक झन् जाज्वल्यमान हुन्छ । शेरबहादुर देउवाज्यू, अब आफ्नो ज्योतिषको भविष्यवाणीमा उम्रेको लोभविरुद्ध विद्रोह गर्नुहोस् । म अब नयाँ पुस्तालाई अघि बढाउँछु भन्नुहोस् । सभापतिमा नयाँ पुस्तालाई अगाडि सार्नुहोस् । अब चिनाले होइन, चेतनाले नेतृत्व गर्नुहोस् । राजनीतिमा धेरै अनुभव नबटुले पनि एउटा थप सुझाब दिँदै अन्त्य गर्न चाहन्छु, कापीमा टिप्नुहोला, ‘राजनीतिमा कहिलेकाहीँ खोस्नुभन्दा दिँदा फाइदा हुन्छ ।’

बढ्ता बोलेछु भने माफी पाऊँ । तपाईंलाई हालसम्मको योगदानका निम्ति पुनः धन्यवाद १
तपाईंको मित्र र शुभेच्छुक
मिलन पाण्डे

९पाण्डे विवेकशील साझा पार्टीका संयोजक हुन्०

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।