मानबहादुर साँउद
डडेल्धुरा,साउन १५ गते । डेढ महिना बितिसक्दा समेत डडेल्धुराकी अस्मीता धामीका हत्याराहरु पक्राउ पर्न नसकेको भन्दै आज पिडितका आफन्तजन तथा स्थानीयहरुले जिल्ला पशासन कार्यालय डडेल्धुरा मार्फत सम्माननीय पधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन ।
गत असार दुई गते परशुराम नगरपालिकाको वडा नं ८ आधारभुत स्वास्थ्य केन्द जमरानीबाट भ्याक्सीन लिएर जोगबुढा अस्पताल आउदै गर्दा ह्टवानी सामुदायिक बन जंगलमा तिन दिनपछि उनको बिक्षिप्त अबस्थामा शब भेटिएको थियो ।
आधारभुत स्वास्थ्य केन्दमा कार्यरत कार्यालय सहयोगी रहेकी अस्मिताको हत्याको आशंका गरिएको भएपनि अहिले सम्म पहरी पशासनले नत घटनाको सार्बजनिक गयो नत दोशीहरुलाई पक्राउ गरि कारबाही नै भयो भन्दै आक्रोशित आफन्तजनहरुले आज सदरमुकाममा पत्रकार सम्मेलन मार्फत घटनाको बेलीबिस्तार गर्दे आक्रोस ब्यक्त गरेका छन ।
कोबिड १९ को जोखिम भईरहेका बेला स्वास्थ्य केन्दमा कार्यरत अस्मिता धामीको दिनदहाडै हत्या गरिएको लामो समय बितिसक्दा समेत पहरी पशासनबाट कुनै सुनुवाई हुन नसक्दा पधानमन्त्री ज्युलाई ज्ञापनपत्र बुझाउदै दोशीलाई यथासिघ कारबाही र पिडितपरिवारलाई उचित राहतको ज्ञारेन्टी नभए सडक सर्घष गर्ने आफुहरुको योजना रहेको स्थानीय अगुवा देबुवा धामीले बताउनुभयो ।
जनतालाई खोप लगाएर बाँकी रहेको औषधी अस्पताल पुयाउदै गर्दा हत्या हुन्छ तर महिनौ बितिसक्दा पनि राज्यका निकायबाट घटनाको बास्तबिक छानबिन हुन नसक्दा आफुहरुलाई थप पिडाबोध भएको छ धामीले संचारकर्मीहरुसंग भने ।
घटना लगत्तै आन्दोलित स्थानीयहरुले परशुराम नगरपालिका घेराउ गर्दे दोशीउपर कानुनी कारबाही र पिडित परिवारलाई राहतको ब्यबस्था नहुदा सम्म सबको सदगती नगर्ने अडानमा रहेपछि परशुराम नगरपालिकाको आगह पछि दाहसस्कार गरिएको थियो । नगरपालिका र मृतकका आफन्तजन र स्थानीयहरुको अगुवाईमा गठन गरिएको अस्मितको न्यायका लागी सर्घष समितिका बिचमा बिभिन्न सहमती सम्झौतापछि आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएपनि स्थिगीत भएका थिए ।
सर्घष समितिका संयोजक धनबहादुर बोहराले हत्या भएको लामो समय बितिसक्दा समेत घटनाको बास्तबिकता बाहिर नआउदा स्थानीय अन्यौलमा परेको बताउनु भएको छ । एकजना स्वास्थ्यकर्मी माथी यसरी भएको बर्बतापुर्ण हत्याको छानबिनमा ढिलाई भएको भन्दै स्थानीय सरकार पति आक्रोशित हुदै तत्काल घटनाको बास्तबिक छानबिन भई दोशीलाई कारबाही नभए आफुहरु बाध्य भएर सडकमा आन्दोलिन हुने बताउनुभयो ।
नेपाल वार एशोसीयसन डडेल्धुराका अध्यक्ष अधिबक्ता लालबहादुर जाग्रीले अस्मीता धामीको हत्या घटनाका बिषयमा पहरी पशासनले कुनै पनि पतिकृया सार्बजनिक नगर्नुलाई रहश्यमयका रुपमा लिईएको बताउनुभयो ।
घटनाको झण्डै डेढ महिना बित्नै लागेको छ अहिले सम्म दोशीहरु पत्ता लागेको छैन अनि कसरी पडित परिवारले न्यायको अनुभुती गर्दछ अधिबक्ता जागीको भनाई थियो । परशुराम नगरपालिका र पिडितलाई न्याय दिलाउन गठन भएको सर्घष समितिका बिचमा भएको सम्झौता समेत कार्यान्वयन नभएको उनीहरुको आरोप छ । संर्घष समितिका सहसयोजक मानबहादुर बोहराले भने परशुराम नगरपालिकाले अस्मिताका हत्यारालाई कानुनी कठघरामा ल्याउन पहल गर्ने र तत्काल मृतकका परिवारलाई १० लाख रुपैया राहत दिने, मृतक अस्मिताका नामबाट आधारभुत स्वास्थ्य केन्दको नामाकरण गरिने, मृतकका आफन्तलाई रोजगारी दिने र मृतकका दुई नाबालकलाई शिक्षा दिक्षाको उचित ब्यबस्थापन गर्ने भदसहमती भएको भएपनि अहिले सम्म कुनै पनि बुदा कार्यान्वयनमा आउन नसकेको बोहराको भनाई थियो । उता पमुख जिल्ला अधिकारी हरिपशाद घिमिरेले घटनाको अनुसन्धान भईरहेकोले अहिले नै सार्बजनिक गर्ने तहमा नपुगेको बताउनु भएको छ । ज्ञापनपत्रलाई जस्ताको तेस्तै आजै सम्माननीय पधानमन्त्री ज्युलाई पठाईने बताउदै पजिअ घिमिरेले पिडितले न्याय पाउने र दोशीले कानुनी सजाय पाउने गरि छानबिन भईरहेको दाबी गर्नुभएको छ । तर यस्ता जघन्य अपराधका घटनाहरुमा पहरी पशासन चुक्दै आईरहेको छ ।
कन्चनपुरकी तेह बर्षिया निर्मलाका हत्याराहरु अहिले सम्म पत्ता लगाउन नसक्ने राज्य संयन्त्र कतै अस्मिताका हत्याराहरु पनि पक्राउ गर्न सक्दैनकी भन्ने आशंका बढेको छ । बलत्कार पछि हत्या हुने घटनाहरु दिनपतिदिन बढीरहेका छन तर पहरी पशासनको लार्पवाही भन्ने की अनुसन्धान गर्ने दक्षताको अभाब भन्ने यस्ता घटनाहरु ले पशय पाईरहेका छन ।
पहरी पशासन के त कसैको दबाबमा यस्ता अपराधिक घटनाको छानबिन गर्न सक्दैन भन्नुपयो के त अयोग्य भएको स्विकार गर्नुपर्छ किन यस्ता घटनाका दोशीहरुलाई यथासिघ कानुनी कारबाहीमा ल्याउन सक्दैन यो जनजनको पश्न हो ।
