अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,२९ गते । बिबादको चक्रब्युमा अमरगढी नगरपालिका फस्दै गईरहेको छ । कहिले जनपतिनिधीका बिचको बिबाद त कहिले बिकास निर्माणमा भएका अनियमितता र भष्टाचारका बिबादले चर्चा पाईरहेको हुन्छ । कहिले कर्मचारी भित्रको चरम असन्तुष्टी र बिबाद सडकमै छताछुल्ल हुने गरि बिबाद आउने गदर्छ तर यस पटक पहुचको भरमा कर्मचारी समायोजन गरेको भन्दै केही असन्तुष्ट कर्मचारीहरुले न्यायलयको ढोका मात्रै पुगेका छैनन नगरपालिका बिरुद्ध नै पत्रकार सम्मेलन मार्फत तिब असन्तुष्टी पोखेका छन ।
नगरपालिकाले ज्येष्ठताको पालो मिच्दै कनिष्ठलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिइएको आरोप लागेको छ ।
लोकराज पनेरू, अमरगढी नगरपालिकाका सिनियर अर्थात् वरिष्ठ ९ज्येष्ठ० स्वास्थ्य कर्मचारी हुन्। उनी २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। अहिले पनेरू घटाल स्वास्थ्य चौकी अमरगढी–३ मा कार्यरत छन्। तर, तिनै सिनियर कर्मचारी पनेरूले आफूमाथि अन्याय भएको आरोप लगाएका छन्।
कर्मचारी समायोजन ऐन २०७५ को धारा ८ ९२० को ९क० अनुसार कर्मचारीलाई पदीय ज्येष्ठताका आधारमा समायोजन गर्ने प्रस्ट पारे पनि अमरगढी नगरपालिकाले भने त्यसविपरीत कर्मचारी समायोजन गरेको छ।
कर्मचारी समायोजनको समयमा ज्येष्ठताका आधारमा आफूले अमरगढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पाउनुपर्ने बताए पनि आफूभन्दा दुई वर्ष जुनियर कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी दिइएको पनेरूको आरोप छ। पनेरू छैटौं तह सिनियर पारामेडिक्स हुन्।
अहिले अमरगढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखमा छैटौं तहका जुनियर गणेश विष्ट छन्। पनेरूका अनुसार विष्ट २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। पनेरू आफूमाथि अन्याय हुँदै छ भनेर जनप्रतिनिधि र अमरगढीका प्रमुख प्रशासकीय अधिकृतसँग बारम्बार आग्रह गरको बताउँछन्।
‘प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले तपाईंको पहुँच छैन। विष्टजीको पहुँच छ। यो देश यस्तै हो हेर्नुहोस् पहुँचको आधारमा काम हुन्छ भनेर उहाँको कुरा टाल्नुभयो,’ पनेरू भन्छन्, ‘उहाँले मलाई तपाईंलाई मैले पठाउन चाहेको होइन्। मेरो ठाउँमा भएको भए तपाईं पनि यस्तै गर्नुहुन्थ्यो।
उहाँहरूले कार्य पालिकाको निर्णय पनि गर्नुभएन। जबरजस्ती मलाई घटाल स्वास्थ्य चौकीमा पठाएर उहाँलाई अमरगढी प्रमुखको जिम्मेवारी दिनुभएको छ।’ पनेरूले तीन वर्ष तत्कालीन जनस्वास्थ्य कार्यालयमा समेत काम गरिसकेका छन्। १९ माघ २०६९ देखि २० माघ २०७२ सम्म उनले जनस्वास्थ्य कार्यालयको बालस्वास्थ्य फाँटसमेत सम्हालिसकेका छन्।
तत्कालीन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको निर्देशनमा स्वास्थ्य कार्यालयले २१ असार २०७४ मा अमरगढी नगरपालिकामा काजमा खटाएको थियो। सो समयमा प्रत्येक स्थानीय तहमा दुईरदुई जना स्वास्थ्यकर्मी पठाउने नीति अनुसार विष्ट र पनेरूलाई अमरगढी नगरपालिकाको जिम्मेवारी दिइएको थियो।
सो पत्रमा संयोजक नतोकिय पनि ज्येष्ठ कर्मचारीको हिसाबमा पनेरू संयोजक र विष्ट सह(संयोजक भएर अढाई वर्ष कामसमेत गरेका थिए। पछि देश संघीयतामा गएपछि तीन जना कर्मचारीको नीति आयो। सुरुमा अमरगढीको स्वास्थ्य शाखा प्रमुखकका लागि चार जनाले आवेदन दिए।
तर, दुई जनाले फिर्ता लिइसके पश्चात विष्ट र पनेरूको उम्मेदवारी पर्यो। प्रमुख प्रशासकीय अधिकृत उपाध्याय र सूचना अधिकारी लालबहादुर साउँदले आफूलाई बोलाउँदा ज्येष्ठताका आधारमा आफूले पाउनुपर्ने बताएपनि पहुँच छैन भन्दै घटाल स्वास्थ्य चौकीमा खटाइएको उनको भनाइ छ।
घटाल स्वास्थ्य चौकीमा खटिएको दिनदेखि विरोधका कार्यक्रम सुरु गरेका पनेरू विभिन्न निकायमा न्यायका लागि पुगिसकेका छन्। तर, आफ्नो कुरा कसैले नसुनेको उनको दुःखेसो छ। जिल्ला प्रशासन र जिल्ला समन्वयमा समेत न्यायका लागि उनको निवेदन पुगेको छ।
दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि ुटेर पुच्छरु नलगाएको उनी बताउँछन्। आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्य अनुगमन गर्न आउँदा आत्मग्लानी हुने उनको भनाइ छ।
पनेरूको जस्तै पीडा छ, चित्रा भट्टको पनि । भट्ट उग्रतारा स्वास्थ्य चौकी पोखरामा कार्यरत छन्। भट्टले पनि आफूमाथि अन्याय भएको बताइन्। अमरगढी नगरपालिकाको स्वास्थ्य शाखामा तीन जनाको दरबन्दी छ। दुई जना पारा मेडिक्स र एक जना नर्सिङ।
स्वास्थ्य शाखा नर्सिङ दरबन्दीमा आफ्नो पदस्थापना हुनुपर्नेमा त्यसो नगरेर भूमिराज स्वास्थ्य चौकीमा काजमा पठाएको उनी बताउँछिन्। त्यसपछि फेरि काजमा आफूलाई उग्रतारा स्वास्थ्य चौकीमा पठाएको उनको भनाइ छ।
पटक–पटक काजमा पठाइरहेको छ। जबकि काजमा एक महिनाभन्दा बढी स्वास्थ्यका कर्मचारी काजमा पठाउन मिल्दैन। र, तीन जनाको दरबन्दीमा एक जना विष्टले मात्रै काम गरिरहेको छ,’ उनले भनिन्, ‘मैले किन नपाएकोरु कोभिडको समयमा स्वास्थ्य कर्मचारीलाई जोखिम भत्ता दिने भने पनि ममाथि विभेद गरिएको छ।’
आफूमाथि अन्याय गरेर मनोबल गिराउने काम भएको उनको भनाइ छ। अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विष्ट र भट्टको पदस्थापन आफूले गर्न नसक्ने बताए।
उनले भने, ‘हामी पदस्थापन गर्न सक्दैनौं। अदालतमा मुद्दा छ। अब अदालतले न्याय दिन्छ त्यसको पतिक्षा गर्नुप¥यो ।
