Amargadhi Post

स्मार्ट सिटीका गुणस्तरहिन सिसि क्यामेरा २ वर्षदेखि काम विहिन

अरगढी समाचार
डडेल्धुरा,साउन,घ्० गते । सुदुरपश्चिमका पहाडी जिल्लाको मुख्य प्रवेशद्धाराका रुपमा रहेको डडेल्धुरा सदरमुकाम क्षेत्रमा राखिएका सिसि क्यामेराहरु प्रयोगहिन अवस्थाका रहेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिकाले बागबजार, तुफानडाडा क्षेत्रलाई स्मार्ट सिटीको आधार स्तम्भ तयार गर्ने गरि विषेश योजनाहरु नगरपालिकाले सार्वजनिक गरेको छ तर बजार क्षेत्रमा राखिएका सिसि क्यामेराहरु भने करिब २ वर्षदेखि बिग्रिएका छन् । जिल्ला सदरमुकाम क्षेत्रमा राखिएका सिसि क्यामेराहरु विग्रिएसंगै बजारक्षेत्रमा खुलेयाम चोरी पैठारी तथा लागु औषध ओसार पोसारका घटनाहरु दिनप्रतिदिन बढ्दै गैरहदा समेत स्थानीय निकाय तथा प्रहरी प्रशासनको ध्यान जानसकेको छैन ।
अमरगढी नगरपालिकाले बजार क्षेत्रमा सिसि क्यामेरा जडानका लागि जिल्ला प्रहरी कार्यालयलाई पाँच लाखबढी रुपिँया उपलब्ध गराएको थियो तर प्रहरीले गुणस्तरहिन क्यामेरा खरिद गर्दा जडान गरिएको केही महिनामा बिग्रिएका थिए ।
सदरमुकाम क्षेत्रमा हुन अपराधिक क्रियाकलाप तथा लागु औषध ओसार पोसार नियन्त्रणका लागि नाईटभिजन सिसि क्यामेरा आवश्यक रहेको प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द खडायतले बताएका छन् । उनले भने गत वर्ष नागरिक समाजका अध्यक्ष रमेश जोशीको मोटरसाईकलमा आगजनी भयो गत महिना बजारकै स्थानीय युवक बजारमै मृत अवस्थामा भेटिए गतिलो सिसि क्यामेरा भएको भए यि घटनाहरुको वास्तविक रहस्य पत्ता लगाउन सकिन्थ्यो ।

विग्रिएका र गुणस्तरहिन सिसि क्यामेरा बजार क्षेत्रमा झुण्ड्याएर अपराधिक क्रियाकलापहरुलाई प्रोत्साहन गरेको जस्तो देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा सिसि क्यामेराको कन्ट्रोल रुम रहेको र त्यहादेखि बाजबजार क्षेत्रमा राखिएका सिसि क्यामेरासम्म तार पुर्याउदा लामो दुरी रहेको छ र तार पनि विचविचमा काटिएको अवस्थामा रहेको एक जना प्रहरीले बताएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।