अमरगढी समाचार
डडेल्धुरा,भदौ, २९, गते । नेकपा एकीकृत समाजबादी ० सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा भौतिक पुर्बाधार बिकाश मन्त्री दीर्घ सोडारी सर्बसम्मत चयन भएका छन् । आज बसेको प्रदेश संसदीय दल को बैठकले उनलाई नेता चयन गरेको हो ।
दल को नेतामा आंकाक्षी अन्य धेरै भए पनि सोडारीलाई नै सर्ब सम्मत नेता चयन गरिएको हो । समाजबादी पार्टीमा तत्कालीन एमालेबाट १४ सांसद जुटाउन महत्त्वपूर्ण भुमिका खेलेका सांसद सोडारीलाई दल को नेता चयन गर्न सबै एकमत रहेको बुझिएको छ । उनले नै एमाले ओलि समूह मा रहेकी सांसद माया तामाङ बोहरालाई समाजबादीको पक्षमा सनाखत गराएका थिए । तत्कालीन एमाले को भिम रावल समुहमा रहेका बहुमत नेताहरूलाई समाजबादी को कित्ता मा उभ्याउन सोडारी सफल रहेको बिष्लेशण गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सभा मा एमाले बाट अलग भएको माधब नेपाल नेतृत्व को समाजबादी पार्टी को पक्षमा १४ जना प्रदेश सभा सांसद उभिएका छन् । र समाजबादी पार्ती यहाँ सबै भन्दा ठूलो दल बनेको छ । कुल ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्र का १३ र कांग्रेस का १२सांसद रहेका छन् । यस्तै नेकपा एमाले का ११ र जसपा का २ सांसद रहेका छन् ।
