लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,५ गते । बाढी पहिरोका कारण चार दिन देखि अबरुद्ध भएको सुदुरपश्चिमको पहाडी जिल्लाको भीमदत्त राजमार्ग सडक प्रधानमन्त्रीको कडा निर्देशनपछि आज बिहानबाट सुचारु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको बिहिबार भएको सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा बाढी पहिरोबाट भएको धनजनको क्षतिका बिषयमा स्थलगत निरीक्षणमा आएपछि अबरुद्ध बनेको सडक बल्ल सुचारु भएको हो । अझै सुदुरपश्चिमको डडेल्धुरा—डोटी केआई सिह राजमार्गको रडुवा सडकखण्डमा आएको पहिरो र बिभिन्न ठाउमा सडक धासिएपछि अझै सडक सुचारु हुन हप्ता बढी लाग्ने बताईएको छ । डोटी सडक खण्ड सुचारु नहुँदा अछाम,बाजुरा जिल्ला यातायातको सेवाबाट बञ्चित हुनेछन । यसैगरी डडेल्धुराबाट बझाङ जयपृथ्बीबहादुर सिह राजमार्गका बिभिन्न ठाउहरुमा पहिरो र सडक धासिएपछि चार दिन देखि यातायात सेवा ठप्प भएको छ ।
सडक सुचारुका लागी स्काभेटर,डोजर परिचालन गरिएको भएपनि बझाङ सदरमुकामको सडक खण्ड सुचारु हुन दुई हप्ता दश दिन लाग्ने पाटन सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
सुदुरपश्चिमका बिभिन्न जिल्ला भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो गृह जिल्लाका स्थानीय तहका जनपतिनिधी र स्थानिय सुरक्षा निकायलाई बाढी पहिरोबाट पिडित परिवारजनलाई तत्काल राहतको ब्यबस्था गर्न निर्देशन दिएको छ ।
सुदुरपश्चिमका बिभिन्न जिल्लामा भएको मानबीय र भौतिक क्षतीबाट आफु निकै स्तब्ध भएको भन्दै पधानमन्त्री देउवाले तत्काल सरकारले राहतको प्याकेज ल्याउने र अबरुद्ध भएका सडकलाई यथासिघ्र सुचारु गरि नागरिकलाई यातायातको सास्ती हुन नदिन निर्देशन गरिएको डडेल्धुराका पमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
बाढी पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड,डडेल्धुरा सदरमुकाम र भीत्रीमद्येशको जोगबुढा क्षेत्रको निरीक्षणपछि प्रधानमन्त्री देउवा हिजो साँझ नै धनगढी लाग्नु भएको छ ।
अविरल वर्षाका कारण सुदूरपश्चिममा ३१ जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता रहेकोे पहरीको तथ्यांकमा उल्लेख छ ।
