अमरगढी पोष्ट समाचार
डडेल्धुरा,कार्तिक, २४ । नेकपा एकीकृत समाजवादी को दार्चुला जिल्ला अध्यक्षमा बिरबहादुर ठगुन्ना ९बिरेन्द्र० चुनिएका छन् । ठगुन्नाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले बुधवार गोकुलेश्वरमा आयोजित एक कार्यक्रममा अध्यक्षसहितका पदाधिकारीहरुलाई सपथ गराए ।
उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी चयन भए । सचिवमा जनकसिंह डागा र उपसचिवमा क्रमश गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी तथा बाशुदेब जोशी चयन भएका छन् । सपथपछि अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए ।
