Amargadhi Post

माधब नेपालको हातको टिका लगाई समाजबादीमा प्रेबश भए डडेल्धुराका डा. तारा जोशी

को को गए समाजबादी पार्टिमा ?

मानबहादुर साँउद
डडेल्धुरा,कार्तिक, २४ गते । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधबकुमार नेपालको हातको टिका लगाएर आज डडेल्धुराका तत्कालिन नेकपा एमालेका अध्यक्ष डा.तारा जोशी प्रबेश गरेका छन ।
१० बुद्धे कार्यान्वयन गरिनुपर्ने माग राख्दै आएका जोशीले एमाले डडेल्धुराको अध्यक्षमा आफु हुनुपर्ने वा आफुले भनेको ब्यक्ति हुनुपर्ने भन्दै असन्तुष्टी राख्दै पार्टि कार्यक्रममा निष्कृय जनाउदै आउनु भएको थियो ।
नेकपाको निर्माण हुँदा तत्कालिन माओबादी केन्द्रले जिल्ला अध्यक्ष र तत्कालिन एमालेले जिल्ला सचिबको जिम्मेवारी पाएको थियो । तर डा. जोशीले सचिबको जिम्मेवारी नलिने भनेपछि तत्कालिन उपाध्यक्ष बिरेन्द्र बस्नेतले जिम्मेवारी लिएका थिए भने उनले सुदुरपश्चिम प्रदेश कमिटि सदश्यको जिम्मेवारीमा थिए । तर बस्नेत भने समाजबादीमा यसअघि नै गईसकेका छन ।
नेकपा फुटपछि माधब कुमार नेपालको नेतृत्वमा बनेको समाजबादी पार्टिमा नगएका डा. जोशी आफ्नो पुरानै जिम्मेवारीको आशमा एमालेमा बस्नु भएको थियो । जोशी लगायत केही नेताहरु एमालेमा बस्ने निर्णय गरेपछि उहासंगै साथमा रहेका अधिकाँस नेता कार्यकर्ताहरु भने समाजबादीमा प्रबेश गरिसकेका थिए । तत्कालिन एमालेका युबा नेता तुलाराम बोहराको नेतृत्वमा ५१ सदश्यिय कमिटि घोषणा गर्दे डडेल्धुरामा नेकपा एकिकृत समाजबादीको गठन दुई महिना अघि भएको थियो ।
समाजबादी पार्टि गठन भएको झण्डै दुई महिना पछि बल्ल आज डा.जोशी संग रहेका केही जिल्लाका नेता कार्यकर्ताहरु समाजबादी पार्टिमा प्रबेश गरेका छन । यो प्रबेशलाई कुनै नौलो र चकित हुनुपर्ने छैन । आफु नजिक भएकाहरुलाई पहिला नै समाजबादीमा पठाएका थिए जोशीले । बाँकी रहेका आफुसंगै आज प्रबेश गराएका छन ।


उनले एमालेमै बसेर स्वस्थ्य प्रतिष्पर्धा गर्नुको साटो अन्र्तसर्घषका नाममा पार्टिको वडा अधिबेशनहरुमा असहयोग गर्ने,पार्टी भित्र गुटबन्दी मौलाउन उद्धत हुने र वडा अधिबेशन र पालिका अधिबेशन रोक्ने प्रयास बिफल भएपछि पार्टि छोडेर समाजबादीमा गएको आकलन गर्न सकिन्छ ।
एमाले डडेल्धुराको अध्यक्षको जिम्मेवारीमा प्रकाश साँउद आएपछि संगठन सुदृढीकरण मात्रै नभई झण्डै ४४ सय भन्दा बढी नयाँ संगठित सदश्यहरुले सदश्यता लिएका छन ।
डा.जोशी अध्यक्षमा रहँदा ९ सय ८ जना संगठित सदश्यमा सिमित रहेको एमाले डडेल्धुराको संगठित सदश्यताको संरचनामा भने साँउद आएपछि पाँच गुनाले बृद्धि भएको दाबी गरिएको छ । तत्कालिन जोशी अध्यक्ष रहँदा समेत पार्टिको लेबी बाफतको पैशा केन्द्रमा नबुझाई हिनामिना गरिएको आरोप समेत लाग्दै आएको छ । तर उता समाजबादीमा गएपनि जोशीको राजनैतिक भबिश्य भने चुनौतीपुर्ण नै छ । एमालेको अध्यक्ष रहदै गर्दा २०५४ मा पार्टि बिभाजन भयो त्यतिबेला पनि डा.जोशी नेकपा माले प्रबेश गरेका थिए तर अहिले पनि बिभाजनको पक्षधर समाजबादी पार्टिमा प्रबेश गरेका छन । नेकपा एमालेका पुर्ब अध्यक्ष एबम प्रभाबशाली नेता बिक्रम शाही माधब नेपाल नेतृत्वको समाजबादी पार्टिको सुदुरपश्चिम प्रदेश अध्यक्ष छन । अध्यक्ष शाही र डा.जोशी एमालेमा रहँदा हरेक बेला फरक गुटमा उभिदै आएका छन । यि दुबै कहिले पनि एक गुटमा अटाउन सकेनन । हरेक बेला फरक फरक गुटबन्दीमा रहने यि दुबैले कार्यकर्तालाई बिभाजन हुन बाध्य बनाउदै आएका थिए । तर संयोग भन्नुपर्छ अहिले यि दुबै समाजबादी पार्टिमा आबद्ध छन । शाही एमालेका निर्बाचित केन्द्रीय सदश्य हुन भने जोशी जिल्ला अध्यक्ष हुन । तर शाही समाजबादीका संस्थापन भएकै कारण प्रदेश अध्यक्षको जिम्मेवारी लिईसकेका छन भने जोशी आज मात्रै प्रबेश गरेका छन अब उनले के जिम्मेवारी पाँउछन हेर्न बाँकी छ ? पार्टी भित्र गुटबन्दीका यि दुई हस्तीहरु बाहिरीएपछि पार्टिमा केही क्षती त भयो नै तर त्यो क्षतीलाई परिपुर्ति गर्नसकिनेमा एमाले भित्रका नेताहरु बिश्वस्त छन ।

????????????????????????????????????

एमालेबाट प्रतिनिधित्व गर्नुहुने सुदुरपश्चिम प्रदेशका माननीय एबम पुर्ब भौतिक पुर्बाधार मन्त्री पठानसिह बोहरा, डडेल्धुराका पुर्ब जिबिस सभापति एबम कुसल संगठक गजेन्द्र शाही, एमाले डडेल्धुराका अध्यक्ष एबम २०५४ सालको स्थानीय निर्बाचनमा बगरकोट गाबिसका तत्कालिन गाबिस अध्यक्ष प्रकाश साँउद, राष्टिय सभाका माननीय सदश्य चक्र प्रशाद स्नेही, एमालेका प्रदेश कमिटि सदश्य एबम कुसल संगठक यज्ञराज अबस्थी, प्रदेश सदश्य एबम युबा नेता पदम पाल,धनबहादुर शाही र महिला नेत्री एबम संबिधान सभा सदश्य ज्ञानु गैरी र भित्रीमद्येशका चर्चित नेता हरिप्रशाद भटट एमाले मै छन । उता माओबादी केन्द्रबाट आएका जिल्लाका प्रभाबशाली नेता पदम जोशी बिप्लब पनि एमालेमै छन । गुट रहित पार्टि निर्माण गरि जिल्लामा एमालेलाई पहिलो पार्टि बनाउने अभियानमा यि नेताहरु जुटेका छन । तर उनीहरुले ब्यक्त गरेको धारणाको कार्यान्वयन भने कसरी हुन्छ हेर्न बाँकी छ ।

जोशी संगै को को गए समाजबादी पार्टिमा आज ?

एमालेका तत्कालिन सचिब धनबहादुर साँउद,उपसचिब सकुन्तला नगरकोटी, सचिबालय सदश्य बिरेन्द्र मल्ल, जिल्ला कमिटि सदश्य जयबहादुर ऐर,मुकेश भटट, गन्यापधुरा गाँउपालिका वडा नं.५का वडा अध्यक्ष एबम सचिबालय सदश्य धर्मराज पडाल, धर्मराज ताम्राकार, भक्त नगरकोटी, बिद्यार्थि नेता एबम वडा सदश्य सुरेन्द्र मल्ल, भित्रीमद्येशका नेता रामसिह धामी,राजु थापा,रामचन्द्र जोशी लगायतका दुईदर्जन समाजबादीमा प्रबेश गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।