Amargadhi Post

सुदूरपश्चिमबाट १७ जनाले जिते काँग्रेसको चुनाव, को–कुन पक्षका

अमरगढी समाचार्
धनगढी ,पुस,८ गते । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका १७ जना विजयी भएका छन्। सुदूरपश्चिमबाट महाधिवेशन प्रतिनिधि रहेका नेताहरु केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

सभापतिमा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि रहेका शेरबहादुर देउवा र सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएक छन्। डडेल्धुराबाट सभापतिसहित तीन जना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका ६ जना, कञ्चनपुरका तीन जना, बझाङका दुई, अछाम र दार्चुलाका एकरएक जना विजयी भएक छन्।

१७ जना मध्ये १४ जना देउवा र तीन जना कोइराला पक्षका छन्। पाण्डेय शेखर कोइराला पक्षका हुन्। यस्तै खुला केन्द्रीय सदस्यतर्फ चार जना, महिला केन्द्रीय सदस्यतर्फ दुई जना, भूगोलतर्फ एक महिलासहित तीन जना, दलित खुलातर्फ दुई जना, थारु महिला, थारु खुला, पिछडिएको क्षेत्र र खस आर्यबाट एकरएक जना निर्वाचित भएका छन्।

खुला केन्द्रीय सदस्यमा देउवा पक्षका एनपी साउद ९कञ्चनपुर०, रमेश लेखक ९कञ्चनपुर० र नैनसिंह महर ९डडेल्धुरा० विजयी भएका छन् भने कोइराला पक्षका दिलेन्द्रप्रसाद बडू ९दार्चुला० विजयी भएका छन्।

महिला केन्द्रीय सदस्यतर्फ आर्जु राणा देउवा ९डडेल्धुरा० र इश्वरी न्यौपाने ९कैलाली० विजयी भएका छन्। दुबै देउवा पक्षका हुन्। यस्तै भूगोलतर्फ डा। रणबहादुर रावल ९कैलाली०, यज्ञराज जोशी ९कञ्चनपुर० र सुशिला मिश्र भट्ट ९कैलाली० विजयी भएका छन्। तीनै जना देउवा पक्षका हुन्।

दलित खुलातर्फ देउवा पक्षका नृपबहादुर वड ९कैलाली० र कोइराला पक्षका प्रकाश स्नेही रसाइली ९बझाङ० विजयी भएका छन्। थारु खुलातर्फ देउवा पक्षका रामजनम चौधरी ९कैलाली० र जीवन राना ९कैलाली० विजयी भएका छन्। यस्तै पिछडीएको क्षेत्रतर्फ देउवा पक्षका अर्जुनजंगबहादुर सिंह ९बझाङ० र खस आर्यतर्फ गोविन्दबहादुर शाह ९अछाम० विजयी भएका छन्।

सुदूरपश्चिमबाट विजयी भएका कुन पक्षका को विजयी रु
सभापति– शेरबहादुर देउवा ९देउवा०
सहमहामन्त्री– बद्री पाण्डे ९कोइराला०
केन्द्रीय सदस्य ९खुलातर्फ०
एनपी साउद ९देउवा०
रमेश लेखक ९देउवा०
नैनसिंह महर ९देउवा०
दिलेन्द्रप्रसाद बडू ९कोइराला०
महिला खुल्लातर्फ
डा। आरजु राणा देउवा ९देउवा०
ईश्वरी न्यौपाने ९देउवा०
थारु ९खुल्लातर्फ०
रामजनम चौधरी ९देउवा०
थारु ९महिलातर्फ०
जीवन राना ९देउवा०
सुदूरपश्चिम ९खुल्लातर्फ०
डा। रणबहादुर रावल ९देउवा०
यज्ञराज जोशी ९देउवा०
सुदूरपश्चिम ९महिलातर्फ०
सुशीला मिश्र भट्ट ९देउवा०
पिछडीएको क्षेत्रबाट
अर्जुनजंगबहादुर सिंह ९देउवा०
दलित ९खुल्लातर्फ०
नृपबहादुर वड ९देउवा०
प्रकाश स्नेही रसाइली ९कोइराला०
खसआर्य
गोविन्द शाह ९देउवा०

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।