Amargadhi Post

डडेल्धुरामा उद्योग ब्याबसायी महासंघको जिल्ला अध्यक्षमा जोरा निर्बाचित 

लक्ष्मी ऐर

डडेल्धुरा,फागुन,७ गते । डडेल्धुरामा नेपाल राष्ट्रिय उद्योग ब्यपार व्यवसायि महासंघको जिल्ला भेलाबाट नरेन्द्र जोराको अध्यक्षतामा जिल्ला कमिटि चयन गरिएको छ ।

 जिल्लामा कृयाशिल रहेका उद्योगी ब्याबसायीहरुको आज सम्पन्न भएको प्रथम भेलाले उद्योगी जोराको अध्यक्षतामा १९ सदश्यिय जिल्ला कार्यसमिति चयन गर्दे सम्पन्न भएको छ ।

 यसैगरी सर्बसम्मत जिल्ला कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी कुमारी ऐर, दिपक कठाएत, सचिव राजेन्द्रप्रशाद जोशी, कोषाध्यक्ष चन्द्रकला पौडेल, उप–सचिव शैलेन्द्र बस्नेत, प्रकाश भट्ट, प्रविन महर, सह–कोषाध्यक्ष विनोद बिष्ट रहेका छन ।

 यसैगरी सदस्यहरु हर्क घिमिरे, बलराम भट्ट, गणेश पनेरु, तेज बोहरा, करुणाकर भट्ट, देवकी ओझा, गृष्मा बिस्ट (भण्डारी), प्रिती बिस्ट (कठायत) नन्दराज पाण्डे र रिचा रावल रहेका छन ।

नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै नेपाल राष्ट्रिय उद्योग ब्यपार व्यवसायि महासंघका केन्द्रिय सदस्य प्रकास साउँदले नबनिर्बाचित कमिटिका पदाधिकारीहरुलाई बद्याई ज्ञापन गरेका छन । यसैगरी अर्का केन्द्रीय सदश्य दिपक महताले ब्याबसायीहरुको पेशागत हकहितका लागी यो संगठनको आबश्यकता महसुस भएर जिल्ला कमिटि चयन गरिएको बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।