Amargadhi Post

पाकिस्तान-भारत रेल सेवा फेरि सुरु

भारत र पाकिस्तानबीच सिर्जना भएकाे तनावका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ ।

दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।

पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।

‘सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार alहान ११.३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो’, एक जना भारतीय अधिकारीले बताए ।

पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको त्यस रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन् ।

भारत प्रशासित कश्मीरको पुलवामामा फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।

सामान्यतया सोमबार र बिहीबार दुई देशबीचमा रेल सेवा सञ्चालन हुँदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गएकाे फेब्रुअरी २८ मा दुईदेशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।

तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पञ्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।