लक्ष्मी ऐर
अमरगढी,भदौं,२९गते । सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार तथा योजना निर्माण मन्त्री पठानसिह बोहराले संघियता कार्यान्वयन चुनौतीपुर्ण रहेको बताउनुभएको छ ।

भागेश्वर गाँउपालिका अन्र्तगत रहेको सारदा माध्यमिक बिद्यालयको बार्षिक उत्सबको उद्घाटन गर्नुहुदै मन्त्री बोहराले संघियता कार्यान्वयनमा सबैको हातेमालो नभए कार्यान्वयनमा चुनौती हुने बताउनुभयो । संघियता असफल बनाउन देशीबिदेशी शक्तिहरु लागीपरेको भन्दै मन्त्री बोहराले मुलुक संघियतामा गईसकेकाले अब कुनै हालतमापनि पछाडी फर्किनु दुर्भाग्य हुने बताउनुभयो ।
राजाबादी र प्रतिकृयाबादी शक्तिहरु हिन्दु राष्ट्रका नाममा आन्दोलन गर्नु लोकतन्त्रको मुल्य र मान्यता बिपरित रहेको दाबी समेत गर्नुभयो । हिन्दु राष्ट्रको सापेक्ष र निरपेक्षका बिषयमा अहिलेको बहसको अर्थ नभएको भन्दै मन्त्री बोहराले सबिधानमा जे कुरा लेखएको छ ,त्यसको बिरुद्धमा जान नसकिने बताउनुभयो । सरकारले शिक्षा,स्वास्थ्य,खानेपानी,सडक,बिजुली सरकारको पहिलो प्राथमिकतामा रहेकोभन्दै सबै क्षेत्रबाट सरकारको सकारात्मक कामको प्रशंसा र खराब कामको बिरोध गर्न आग्रह समेत गर्नुभयो । बिभिन्न कार्यक्रमको आयोजना गर्दे बार्षिक उत्सब भब्य र सभ्य रुपमा सम्पन्न भएको बिद्यालयले जनाएको छ ।
